Skip to main content

आमाको कारण प्रहरी विद्यालयबाट छोरी निष्कासित

काठमाडौ, श्रावण १२ - भक्तपुरको साँगास्थित नेपाल प्रहरी उच्च माध्यमिक आवासीय विद्यालयले कर्मचारी आमाको कारण छोरी निष्काशन गरेको छ । कक्षा १२ मा अध्ययनरत स्वेच्छा लुइँटेललाई विद्यालयले निष्काशन गरेको हो । उनी कक्षा ११ को परीक्षा दिएर नियमित पढ्दै आएकी थिइन् । छात्रा स्वेच्छाले प्रिन्सिपल नवरत्न बानियाँ र समादेशक राजुबाबु श्रेष्ठले 'आमाकै कारण पढ्न नआउन' भनेपछि न्याय खोज्दै हिंड्नु परेको बताइन ।  
' आमाकै कारण मलाई कारबाही गरिन्छ भन्ने लागेकै थिएन,' उनले भनिन्, 'मैले कक्षामा कहिल्यै बदमासी र कोहीप्रति नराम्रो व्यवहार गरेकी छैन । एकाएक पढाइ छाड्नुपर्ने बाध्यताले विचलित भएकी छु ।'
स्वेच्छाकी आमा धेनुका उक्त विद्यालयमा दस वर्षदेखि पुस्तकालय सहायकमा कार्यरत छिन  । स्थायी कर्मचारी रहेकी उनलाई गत फागुनमा भने पियनसरह काममा खटाएपछि उनी र विद्यालय प्रशासनबीच खटपट भएको थियो । बढूवाको सट्टा घटूवा गरिएप्रति न्याय पाउन उनले अदालतमा मुद्दा दायर गरेकी थिइन् । पुनरावेदन अदालत पाटनले 'नियुक्तिपत्र बमोजिम साबिककै काम खटाउन' आदेश दिएपनि कार्यान्वयन हुन सकेको छैन ।
प्रिन्सिपल बानियाँले छात्रालाई निष्काशन गरेको नभई अभिभावकले आफ्नो मुद्दा बलियो बनाउन सुनियोजित हल्ला फिजाएको बताए । 'हामीले छात्रालाई निष्काशन गरेका छैनौं,' प्रहरी स्कुल चेन अफ कमाण्डमा चल्ने उल्लेख गर्दै उनले ईकान्तिपुरसित भने, 'छात्राकै आमाबाबुले विद्यालयविरुद्ध एकपछि अर्को मुद्दा हालेका छन् । मुद्दा बलियो बनाउन छोरीलाई हतियार बनाएका मात्र हुन् । हामी पढ्न नआउन दवाब दिएका छैनौं ।'

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...