१३ साउन, काठमाडौँ । उच्च माध्यमिक विद्यालयहरुले छात्रवृत्ति वापत शुल्क उठाएको भन्दै अखिल क्रान्तिकारीले उमावि सञ्चालकहरुलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । क्रान्तिकारीले आज पत्रकार सम्मेलन गरी नियम र सहमति विपरीत छात्रवृत्ति वापत शुल्क उठाएको भन्दै सो फिर्ता गर्न अल्टिमेटम दिइएको र त्यसपछि पनि अटेर गरिएमा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।
अध्यक्ष हिमाल शर्माले आजबाट दुई दिने अल्टिमेटम दिइएको बताउँदै साउन १८ गतेबाट शुल्क लिने सबै उमाविमा तालाबन्दी गरिने बताउनुभयो ।