Skip to main content

पर्वतमा १४६ जना नयाँ शिक्षक विद्यालय छिर्दै

भूमिराज शर्मा
१६ श्रावण, पर्वत।  
जिल्लाका बिभिन्न सामुदायिक विद्यालयहरुले  शुक्रबारदेखि नयाँ स्थायी शिक्षक पाउने भएका छन् । शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका माबि र निमावि तहका शिक्षकहरुका हातमा जिल्ला शिक्षा कार्यालय पर्वतले बिहीबार नियुक्ति पत्र दिए पछि उनीहरु अब बिद्यालय प्रवेश गर्ने भएका हुन् । जिशिका पर्वतले मावि तहका ४० जना र निमावि तहका ५८ गरी कुल ९८ जना स्थायी शिक्षकहरुलाई नियुक्ति पत्र दिई विद्यालयहरुमा खटाइसकेको छ भने ४८ जना प्राथमिक तहका शिक्षकहरुको नियुक्ति पनि छिट्टै गरिने बताइएको छ । 

यस पटकको शिक्षक सेवा आयोगको परीक्षामा पर्वतमा सबै तहमा गरी १४६ जना शिक्षकहरु नियुक्तिका लागि सिफारिस भई आएका थिए ।  शिक्षा बिभागको निर्देशन अनुसार प्राथमिकता क्रम तोकी नियुक्ति दिएपछि सम्बन्धित तहमा कार्यरत शिक्षक, अपाङ्ग, र महिलाहरुले सुगम तथा रोजेको विद्यालयमा नियुक्ति पाएपछि खुसी भएका छन् ।  उता शिक्षक सेवा आयोगको एकिकृत योग्यताक्रममा अगाडि भएका शिक्षकहरु भने शिक्षा विभागको निर्देशन कार्यान्वयन सँगै केही निराश देखिन्थे । उनीहरुले मेरिट लिस्टको १ नम्बरमा नाम सिफारिस भएको भए पनि रोजेको विद्यालयमा जान नपाएको भनी गुनासो गरिरहेका थिए ।

झण्डै डेढ सयको संख्यामा नयाँ जोस र जाँगर सहितका शिक्षकहरु विद्यालयमा प्रवेश गरेसँगै जिल्लाको सामुदायिक विद्यालयको शिक्षामा सुधार हुने अपेक्षा धेरैले गरेका छन् । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...