Skip to main content

निष्काशित विद्यार्थी प्रथम श्रेणीमा पास !

१२ साउन, नेपालगन्ज : एसएलसी परीक्षामा निष्काशन गरिएका विद्यार्थी प्रथम श्रेणीमा पास भएका छन। २०७० साल चैत १२ गते स्वास्थ्य जनसंख्या तथा वातावरणको परीक्षामा पटक पटक चेतावनी दिदा पनि नमानेपछि जिल्ला शिक्षा कार्यालयबाट खटिएको अनुगमन टोलीले युद्धसस्कृत विद्यालयमा परीक्षामा सहभागी ०६७५५९२ एच सिम्बोल नम्बर भएका विद्यार्थीलाई निष्काशन गरि सो दिनको परीक्षा रद्द गरिएको थियो।
परीक्षाफल प्रकाशित हुदा त्यो सिम्बल नम्बर प्रथम श्रेणीको लिस्टमा छ। साहयक जिल्ला शिक्षा अधिकारी रामचन्द्र पौडेल र तत्कालिन लेखाअधिकृत गणेश ज्ञवालीको टोलीले ती विद्यार्थीलाई निष्काशन गरेको थियो। निष्काशन गरेका विद्यार्थीको उत्तरपुस्तीका कसरी पठाइयो भन्ने बिषय भने रहस्यमय बनेको छ।
ती विद्यार्थी नेपालगन्जको चर्चित विद्यालय जयबागेश्वरी उच्च माध्यमिक विद्यालयका विद्यार्थी भएको थाहा भएको छ। सो विद्यालयले शतप्रतिशत पास गरेको भन्दै सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिरहेको छ। परीक्षा अवधिमा अनुगमन गर्दा चिट चोरी रहेको अवस्था फेला गरेका ती विद्यार्थी पटक पटक चेतावनी दिदा नक्कल गर्न नछाडेपछि निष्कासन गरी परीक्षा नै रद्द गरिएको थियो। ती विद्यार्थीबाट ५/६ वटा चिट समेत टोलीले बरामद् गरेका थियो।
परीक्षा रद्द गरिएको उत्तरपुस्तीका केन्द्राध्यक्ष दिलिप श्रीवास्तवले नै राखेका थिए। सम्बन्धीत विद्यालयबाट आर्थिक लाभ लिएर केन्द्राध्यक्षले सो उत्तरपुस्तिका परिवर्तन गरेर पठाएको हुनसक्ने जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...