Skip to main content

खुल्यो पाँचौ कोरियन भाषा परीक्षा

काठमाडौँ, १५ साउन, कोरियामा नेपाली कामदार लान प्रारम्भिक छनौटको भाषा परीक्षा आगामि असोजको १० र ११ गते हुने भएको छ । इपीएस कोरिया शाखाले आज जारी गरेको सूचना अनुसार पाँचौ भाषा परीक्षा आगामि असोज १० र ११ गते शुक्रवार र शनिवार हुने भएको हो । असोजमा हुने परीक्षाको लागि साउन २८ गतेदेखि ३१ गतेसम्म अर्थात् अगष्टको १३ देखि १६ सम्म आवेदन फारम दार्ता गराउनु पर्ने पनि जनाएको छ । आवेदन फारम विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म लिइने कोरिया शाखाले जनाएको छ । 

आवेदन फारम भर्ना काठमाडौँ उपत्यकामा ३ ठाउँ र उपत्यका बाहिर धरान, बुटवल, पोखरा र डडेल्धुरा गरी ४ ठाउँमा व्यवस्था मिलाइएको छ । परीक्षार्थीहरुले पहिलेजस्तै रोजगारीको क्षेत्र उत्पादनमूलक र कृषि तथा पशुपालन रोज्न पाउने भएका छन् । कति उमेद्वारलाई पास गराइने भन्ने चाहिं उल्लेख गरिएको छैन । 

परीक्षासम्बन्धी केही विवरणः
९१० परीक्षा मितिः २०७१ साल असोज १० र ११ गते शुक्रवार र शनिवार ९तदनुरुप सन् २०१४ को सेप्टेम्बर २६ र २७ तारिख० आवश्यक भएमा परीक्षाको दिन थप्न सकिने ।

९२० अनुमानित उत्तीर्ण संख्याः पछि निर्धारण हुने ।

९३० आवेदनको क्षेत्रः उत्पादनमुलक र कृषि तथा पशुपालन ।

९४० आवेदन दर्ता मितिः २०७१ साल साउन २८ देखि ३१ गते ९तदनुसार अगष्ट १५ देखि १६ सम्म० 

९५० आवेदन दर्ता गर्ने समयः विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म

९६० आवेदन वितरण गरिने स्थानः 
९क० च्यासल फुटबल खेलमैदान, बालकुमारी, ललितपुर ।

९ख० एक्मी इन्जिनियरिङ कलेज, सितापाइला, काठमाडौँ । 

९ग० ल्याबरोटरी उच्च माधयमिक विद्यालय, कीर्तिपुर, काठमाडौँ ।

९घ० काठमाडौँ उपत्यका बाहिरस् धरान नगरपालिका वडा नं। ८ स्थित धरान सभागृह,
९ङ० बुटवल नगरपालिका स्थित नेपाल प्रहरी तालिम केन्द्रको पूर्व तर्फको बुटवल प्रदर्शनी मण्डप,
९च० पोखरा उपमहानगरपालिका वडा नं। १६ बाटुलेचौर स्थित विन्ध्यवासिनी उच्च मावि र
९छ० डडेल्धुरा ९अमरगढी नगरपालिका० स्थित कर्मचारी मिलन केन्द्र । 

९७० आवेदन फारमको लागि राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्र दुबैले भर्न सकिने तर राहदानीलाई प्राथमिकता दिइने ।

९८० परीक्षा शुल्कः २४ अमेरिकी डलर ।

९९० परीक्षाको समय तथा विस्तृत सूचना असोज ३ गते शुक्रवार प्रकाशन गरिने ।

९१०० भाषा परीक्षाको नतिजाः असोज २९ गते बुधवार ९अक्टोबर १५, २०१४० मा प्रकाशन गरिने ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...