Skip to main content

कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित

काठमाडौ, भाद्र १४ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायतर्फको नतिजा सार्वजनिक गरेको छ । वैशाख १९ देखि परीक्षा भएको भएको विज्ञान संकायको आज नतिजा सार्वजनिक भएको हो ।
परीक्षा नियन्त्राक दुर्गा अर्यालका अनुसार नियमिततर्फ ३६ हजार सातसय २७ मध्ये २५ हजार ८ सय ६६ उत्तीर्ण भएका छन् । नियमिततर्फ ७० दशमलब ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ परीक्षामा सहभागी ६ जनाको नतिजा स्थगित भएको र ८ जनाको नतिजा रद्द गरिएको अर्यालले जानकारी दिए ।
त्यस्तै, आंशिकतर्फ परीक्षामा सहभागी ६ हजार ८ सय ४२ मध्ये २ हजार ६ सय २१ परीक्षार्थी उत्तीर्ण भएका छन् । ७ जनाको नतिजा रद्द गरिएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको  छ । आंशिकतर्फ ३८ दशमलब २१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए ।  HSEB   symbol no टाइप गरी ३३३३३ मा एसएमस गरेर पनि नतिजा थाह पाउन सकिन्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...