Skip to main content

शिक्षकलाई तलब थाप्न सास्ती

जाजरकोट, आश्विन १४ - जगत निमावि मैनाका प्रधानाध्यापक दुर्गालाल मण्डल तलब थाप्न सदरमुकाम बसेका छन्। फूलपाती आउनै आँट्दा पनि तलब थाप्न नपाउँदा सप्तरी ४, कटैया निवासी मण्डलको दसैं बाटामै बित्ने भएको छ।
त्यस्तै थर्पू माध्यमिक विद्यालय ढिमेका प्रधानाध्यापक सुवानन्द चौधरीले पनि तलब थाप्न पाएका छैनन्। उनीहरूजस्तै यहाँका सयौं शिक्षक तलब थाप्न सदरमुकाम अडकएको साता बितेको छ। दसैं पर्व मनाउन त कता हो उनीहरूलाई तलब थाप्न नै मुस्किल भएको हो।
जिल्ला शिक्षाले तलब ढिलो निकासा छोड्दा र सरकारी कारोबार गर्ने एउटा मात्र नेपाल बैंक लिमिटेड शाखामा हुने भिडभाडले शिक्षकलाई तलब थाप्न सास्ती भएको हो। आइतबारदेखि शिक्षकको बैंकमा चेक साट्न भिड लाग्न थालेको छ। दसैं पर्व सुरु भएको पाँच दिन बित्यो। तर यहाँका आधा शिक्षकले तलब पाउन सकेका छैनन्। उनीहरूको बैंकमा दैनिक भिड लाग्ने गर्छ। उनीहरूले खातामा तलब जम्मा गर्न, सञ्चयकोष जम्मा गर्न र मनी ट्रान्सफर गर्नसमेत पालो पाउन सकेका नसकेको बताए। 'तलब लिन सदरमुकाम कुरेका छौं, घर कहिले पुग्ने हो थाहा छैन। दसैं बाटामै बित्ला भन्ने चिन्ता भो। घर परिवारका सदस्य आत्तिएका छन्,' प्रधानाध्यापक मण्डलले भने।
निजामती कर्मचारी तलब बुझेर घर पुगिसके। शिक्षक भने बाटो लाग्न पाएका छैनन्। तलब खान ढिलो हँुदा जिल्लाबाहिरका शिक्षकलाई झनै समस्या भएको हो। जिल्लाका निजामती कर्मचारीले साताअघि नै तलब खाएका हुन्। 'शिक्षकलाई तलबसमेत समयमा नखुवाउने सरकारको यो सौतेनी व्यवहार कहिलेसम्म रहने हो,' शिक्षक युनियन अध्यक्ष इलमबहादुर शाहीले भने। दसैंका शिक्षक घर जान नपाएर तलब थाप्न सदरमुकाममा भौतारिन बाध्य छन्। त्यस्तै सरकारले निजामती कर्मचारीलाई बढेको तलब भत्ता खुवायो। तर शिक्षकलाई खुवाएन। यो व्यवहारले दुःखी तुल्याएको उनले बताए। शिक्षा कार्यालयले तीन दिन अघिदेखि मात्र शिक्षक तलबको निकासा छोड्दा बैंकमा पालो आउन नसकेको हो। जिल्लाका १ हजार ४ सय शिक्षकको तलब एकैसाथ निकासा गर्दा बैंकलाई पोस्टिङ गरेर भुक्तानी दिन समस्या भएको बैंकका राजीव कार्कीले बताए।
स्रोत ः कान्तिपुर

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...