Skip to main content

विद्यालयका शिक्षकलाई सुचनाप्रविधि तथा प्याड निर्माण तलिम

धादिङ, १४ असोज 
धादिङ्गको थाक्रे, भुमेस्थान, गोगनपानी तथा तसर्पुका शिक्षकहरुका लागि सामुदायिक विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने उद्धेश्यका साथ २ दिने सुचना प्रविधि तथा मिन्सुरेशन प्याड निर्माण तालिम शुक्रवारबाट भुमेस्थान गाविस कार्यालयमा शुरुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङ ११ नं. इलाका समितिले आयोजना गरेको शिक्षक तालिम तथा प्रशिक्षण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय महासचिव लक्ष्मण शर्माले वर्तमान समयमा शिक्षकहरुको पेशागत सुरक्षा, रणनीति तथा भावि योजनाको बारेमा शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको थियो । साथै विद्यालयमा कसरी सुचना प्रविधिको प्रयोग बढाउने र यसका लागि शिक्षकको के दायित्व छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।

 सोही कार्यक्रमको अर्को सत्रमा विद्यालयका छात्रा विद्यार्थीहरुको महिनावारी समयमा हुने अनुपस्थिति दरमा कमि गर्ने र शैक्षिक क्षती कम गर्ने तथा सुरक्षित र सजिलो मिन्सुरेसन प्याड निर्माण गर्न सिकाउने लक्ष्यका साथ शिक्षकहरुलाई मिन्सुरेसन प्याड निर्माण तालिम दिइएको थियो । तालिममा सवै शिक्षकहरुलाई प्याडको महत्व र निर्माण गर्ने तरिका प्रयोगात्मकरुपमा सिर्डस धादिङका गंगा सुवेदी र शान्ता पाण्डेद्धारा सहजिकरण गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खेम लोहनी, क्षेत्र नं. २ का सभासद गुरुप्रसाद वुर्लाकोटी, साना किसान सहकारी एवं वैंकका केन्द्रिय अध्यक्ष खेम पाठक, पेशागत महासंघ धादिङका अध्यक्ष कृष्ण प्रसाद अर्यालले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रम ४ गते सम्म चल्नेछ । कार्यक्रम नेराशिसं ११ नं इलाका इन्चार्ज लावण फुयलले गर्नुभएको थियो । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...