Skip to main content

ज्ञानप्रकाश उमावि दानाको सहयोगका लागि यूकेमा कार्यक्रम

हरिकृष्ण गौतम
म्याग्दी, १५ असोज
‘संसार कै गहिरो अन्धगल्छी, दाना हाम्रो गाउँ, ज्ञानप्रकाश उच्च मावि बचाँयौ’ भन्ने नाराका साथ उत्तरी म्याग्दीको दाना गाविसमा अवस्थित ज्ञानप्रकाश उच्च माविकौ शैक्षिक तथा भौतिक पुर्वाधार जुटाउन बेलायतको लण्डनमा च्यारेटी कार्यक्रम भएको छ । बेलायतमा बसोबास गर्ने दानाका जेष्ठ नागरिक हस्त बहादुर पुर्जाले भुमे पुजा गरी कार्यक्रमको उद्घाटन गरेका थिए । दाना सेरोफेरो समाज यूकेले गरेको कार्यक्रममा गाउँमा रहेको उच्च माविको अवस्था र च्यारेटीको बारेमा संयोजक कृष्ण तुलाचनले जानकारी गराएका थिए ।
10610853_718192818235964_5358474041751230208_n

समाजका कोषाध्यक्ष मनबहादुर गर्बुजाको आर्थिक ब्यवस्थापनमा भएको कार्यक्रममा च्यारेटी संयोजक तुलाचान द्धार रचित ‘हाम्रो दाना गाउँ’ गित समेत प्रस्तुत गरिएको थियो । समाजका अध्यक्ष बलबहादुर पुर्जाको सभापत्तित्व, कृष्ण पुनको स्वागत, समाजका सचिव भिम पुर्जाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न कलाकारले दोहोर नृत्य,नौमती बाजासँगै जिल्लाको पुराना कला र संस्कृति समेत प्रस्तुत गरिएको थियो।

च्यारेटीबाट विद्यालयको संस्थागत विकासका लागि करिव ९५ लाख संकलन भएको च्यारेटी संयोजक कृष्ण तुलाचनले  जानकारी दिए ।‘ जमघटसँगै विद्यालयलाई समेत सहयोग जुटेको छ, हाम्रो निम्तोलाई स्वीकार गरेर आउनुहुने सबैप्रति आभारी छौ’ उनले भने। समाजमार्फत जिल्लामा हुने शिक्षा, स्वास्थ्य तथा समाजिक कार्यमा सहयोग हुदै आइरहेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...