Skip to main content

कृति विमोचनसहित शुभकामना आदानप्रदान


पर्वत, १४ असोज
पर्वत साहित्य सङ्गमको आयोजनामा विजयादशमी २०७१ को अवसर पारेर दुईवटा कृति विमोचन सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । 

स्रष्टा ईश्वर सत्यको कविता संग्रह ‘उदय’ र नवप्रतिभा विष्णु शर्माको गजल संग्रह ‘नयन’ को सोही अवसरमा विमोचन गरिएको थियो । कृतिको संयुक्तरुपमा विमोचन गर्दै प्रमुख अतिथि सहप्राध्यापक लक्ष्मीप्रसाद शर्मा र विशिष्ठ अतिथि साहित्यकार शान्तिनारायण श्रेष्ठले युवा सर्जकहरुको साहित्य क्षेत्रको आगमनले पर्वत जिल्लाको साहित्यलाई माथि उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । विमोचित कृतिमाथि युवा समीक्षक जगन्नाथ पौडेल ‘नूतन’ ले टिप्पणी गरेका थिए । कृति सिर्जना गर्दा भएका अनुभूतीहरुका बारेमा स्रष्टा ईश्वर सत्य र बिष्णु शर्माले बोलेका थिए । 
कार्यक्रममा विभिन्न बक्ताहरुले आ–आफ्ना साहित्यिक सिर्जना प्रस्तुत गर्नुका साथै विजयादशमीको उपलक्ष्यमा परस्परमा शुभकामना आदानप्रदान गरेका थिए । यसरी रचना सुनाउने तथा शुभकामना आदानप्रदान गर्नेहरुमा बाबुराम सुवेदी, डीआर शर्मा, लेखनाथ उपाध्याय, सरस्वती भण्डारी ‘बिन्दु’, सरस्वती शर्मा ‘जिज्ञाशु’, खेमराज शर्मा, ठाकुर रसाइली, शंकर गिरी, सुजन शर्मा लगायतका थिए । स्रष्टा परशुराम सुवेदी र गान्धी शर्माले सुमधुर भाकामा गीत सुनाएका थिए भने शोभा शर्मा, महेन्द्र केसी, जनक तिवारी, देव शर्मा लगायतका साहित्यकार तथा पत्रकारहरुले आफ्ना रचनासहित शुभकामना आदानप्रदान गरेका थिए ।
पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षता तथा संरक्षक इन्द्रकुमार विकल्पको स्वागत मन्तव्यसहित सम्पन्न भएको कार्यक्रमको सञ्चालन सङ्गमका सचिव राजेन्द्र पहाडीले गरेका थिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...