आश्विन ११, भक्तपुर ।
१२ को नतिजा प्रकाशनमा ढिला गरेको भन्दै केही दिनअघि घाँस दिएको अभिभावक संघले आफूहरुलाई दाम्लो दिने चेतावनी दिएपछि त्यसबाट बच्न उच्च माध्यमिक शिक्षा परिषद्का पदाधिकारीहरुले आजै (शनिबार) नतिजा सार्वजनिक गर्ने भन्दै ठाडै झूठो बोलेका छन् ।
यसबाट आज दिनभरि नै विद्यार्थी र अभिभावकले तनाव झेल्नु प¥यो । परिषद्का सहसचिव नारायणप्रसाद कोइरालाले आज साँझ ५ बजे बोर्ड बैठक डाँकिएको र नतिजा सार्वजनिक गर्ने बताएका थिए । तर साँझ ७ बजे धेरै जनाको इरर आएको भन्दै आजलाई नतिजा प्रकाशन स्थगन गर्ने निर्णय गरेको छ ।
परिषद्का एक जिम्मेवार पदाधिकारीले पाँच हजार जनाको उत्तरपुस्तिकामा इरर देखिएको बताएका छन् । भोलि आइतबार विहान ८ बजे पुनः बोर्ड बैठक बसी १० बजेभित्र नतिजा सार्वजनिक गर्ने जानकारी परिषद्का उपपरीक्षा नियन्त्रक जयन्ति सत्यालले जानकारी दिएकी छिन् ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भोलि आइतबार नतिजा प्रकाशन नगरे परिषद्मा सदस्यसचिव, परीक्षा नियन्त्रक लगायतका पदाधिकारीहरुको नाममा दाम्लो लैजाने र परिषद् परिसरमा किला ठोकी त्यसमा दाम्लो बाँध्ने बताउँदै भने, “त्यही ठूलो ताउलोमा उनीहरुका लागि खुडो समेत पकाउने छौँ ।”
आज नतिजा सार्वजनिक गर्ने भनि थुप्रै अनलाइनले समाचार सार्वजनिक गरेका थिए ।