Skip to main content

विद्यालयमै छुरी धसेर तीन बालबालिकको हत्या, पाँच गम्भीर घाइते -

१६ भदौ, बेइजिङ : प्राथमिक तहका बालबालिकालाई अध्ययन गराइरहेको एक विद्यालयमै प्रवेश गरी एकजना चिनियाँ युवकले छुरी धसेर तीन बालबालिकाको ज्यान लिएको छ।
उसले सो विद्यालयमा प्रवेश गरी अध्ययनरत बालबालिकालाई छुरी धसेको थियो । उसले आठजनालाई तारो बनाएको थियो भने ती मध्ये तीन जनाको ज्यान गएको छ ।बाँकी पाँच बालबालिका गम्भीर रुपमा घाइते भएका छन् । चेन उपनाम गरेको सो व्यक्ति बालबालिकालाई यसरी हमला गरेपछि आफूले पनि एक अग्लो घरबाट हामफालेर आत्महत्या गरेको बताइएको छ ।
चीनको मध्य प्रदेश हुबेइको सियानस्थित विद्यालयमा सो हत्याकाण्ड भएको हो । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तीनजना बालबालिका घटनास्थलमै मारिएका छन् ।सो हत्यापछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सो हत्याराले आफूले उक्त विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न नपाएको कारण विद्यालयमै प्रवेश गरी त्यहाँ अध्ययनरत बालबालिकाको हत्या गरेको पाइएको उल्लेख छ ।
तर सो क्षेत्रको एक स्थानीय टेलिभिजन सियानले दिएको जानकारी अनुसार सो विद्यालयमा तीनभन्दा बढी बालबालिका मारिएको बताएको छ । उक्त टेलिभिजनको ट्वीटर अकाउन्टमा दिइएको सो समाचारमा मारिनेको नाम भने दिइएको छैन ।त्रतर त्यसअनुसारको सूचना दिन स्थानीय प्रहरी अधिकारीले भने मानेनन् । उनले भने– मलाई यो भन्दा बढी थाहा छैन, प्रहरीले अनुसन्धान सुरु गरेको मात्र छ ।
चीनमा छुरी धसेर गर्ने यस्ता हत्याका घटनाहरुमा वृद्धि भइरहेको बताइएको छ । पछिल्ला वर्षहरुमा बालबालिकालाई नै यसरी हत्या गर्ने गरेका घटनामा वृद्धि भइरहेको बताइएको छ । रासस/एएफपी

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...