Skip to main content

एमबिबिएस छात्रवृत्तिका विद्यार्थी अन्योलमा

काठमाडौं, कार्तिक १३ - स्वास्थ्य मन्त्रालयले सिफारिस ढिलाइ गर्दा एमबिबिएस अध्ययनका निम्ति छात्रवृत्ति पाएका विद्यार्थी अन्योलमा परेका छन् । एमबिबिएस, बिडिएस र बिएस्सी नर्सिङ विषय पढ्ने तयारीमा रहेका करिब दुईसय विद्यार्थी अन्योलमा परेका हुन् ।
यी विद्यार्थीले शिक्षा मन्त्रालयले २०७० पुसमा प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । उनीहरुले साधारण र आरक्षित कोटामा अध्ययनको अवसर पाएका छन् । मन्त्रालयले अध्ययन गर्ने कलेज सिफारिस नगर्दा करिब दुई महिना पढाइ छुटिसकेको छ । विद्यार्थीले आफ्नो समस्यालाई लिएर नेपाल मेडिकल काउन्सिलल, शिक्षा र स्वास्थ्य मन्त्रालय धाइरहेका छन् ।
'तर हाम्रो समस्याबारे सुनवाई हुनसकेन,' पीडित विद्यार्थी प्रतिनिधिले भने, 'यो निकायबाट त्यो निकायलाई दोष दिने काममात्र भइरहेको छ । पढ्ने अवसर गुमेकाले हामी अन्योलमा छौं ।'काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेजहरुले एमबिबिए, बिडिएस र नर्सिङ विषयका यो वर्षको सेसनको पठनपाठन सुरु गरिसकेका छन् ।
गत वर्षको विद्यार्थीलाई कलेज सिफारिस नगर्दै शिक्षा मन्त्रालयले यही २०७१ मंसिर पहिलो साता नयाँ सत्रका लागि एमबिबिएस प्रवेश परीक्षा लिने तयारी गरेको छ । त्यसबारेमा मन्त्रालयका अधिकारीले प्रतिक्रिया दिन चाहेनन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...