Skip to main content

नेपालको अन्तरिम संविधान २०६३ सँग सम्बन्धित विषयबस्तु

नेपालको अन्तरिम संविधान २०६३ का प्रमुख विशेषताहरु:
* जनताका प्रतिनिधिहरुले जारी गरेको पहिलो संविधान,
* सार्वभौमसत्ता तथा राजकिय सत्ता जनतामा निहित
* जनताका मौलिक हकसम्बन्धि स्पष्ट व्यबस्था
* राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना (चौथो संशोधन पछि)
* वर्गीय ,जातिय ,लेङ्गीक समस्या समाधान गर्न राज्यको पुनर्सँरचना गर्ने अवधारणा
* प्रतिस्प्रधात्मक वहुदलिय शाषन व्यबस्था
* नागरिक स्वतन्त्रताको निश्चितता
* मानव अधिकारको प्रत्याभूति
* वालिग मताधिकार
* पूर्ण प्रेस स्वतन्त्रता
* कानुनी राज्यको प्रत्याभूति
* राष्ट्रपतिको व्यबस्था
* राजनैतिक सहमतिको एउटा दस्तावेज

नेपालको अन्तरिम संबिधान २०६३मा व्यवस्था भएका मौलिक हकहरु के के हुन ?
नेपालको अन्तरिम संबिधान २०६३ को भाग ३ धारा १२ देखी धारा ३२ सम्मले नेपाली नागरिकका लागि मौलिक हकहरुको व्यवस्था गरेको छ।
जुन यस प्रकार छन:-
–धारा १२)स्वतन्त्रताको हक
–धारा १३)समानताको हक
–धारा १४)छुवाछुत तथा जातिय भेदभाव बिरुद्धको हक
–धारा १५)प्रकाशन ,प्रसारण तथा छापाखाना सम्बन्धी हक
–धारा १६)बातावरण तथा स्वास्थ्यसम्बन्धी हक
–धारा १७)शिक्षा तथा सन्स्क्रिती सम्बन्धी हक
–धारा १८)रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी हक
–धारा १९)सम्पत्तिको हक
–धारा २०)महिलाको हक
–धारा२१)सामाजिक न्यायको हक
–धारा २२)बालबालिकाको हक
–धारा २३)धर्म सम्बन्धी हक
–धारा २४)न्याय सम्बन्धी हक
–धारा २५)निवारक नजरबन्द विरिद्धको हक
–धारा २६)यातनाविरुद्धको हक
–धारा२७)सूचनाको हक
–धारा २८) गोपनियताको हक
–धारा २९)शोषनविरुद्धको हक
–धारा ३०)श्रमसम्बन्धी हक
–धारा ३१)देश निकाला विरुद्धको हक
–धारा ३२)संबैधानिक उपचारको हक


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...