काठमाडौँ, कार्तिक १२।
लामो समयदेखि रत्नपार्कमा अनसनमा बस्दै आएका अस्थायी शिक्षकहरुलाई प्रहरीले हटाएको छ ।रत्नपार्कस्थित शान्तिबाटिकामा झण्डै एक वर्षदेखि अस्थायी शिक्षक केन्द्रीय आन्दोलन समितिले रिले अनसन गर्दै आएको थियो ।
आसन्न सार्क सम्मेलनका क्रममा सहरलाई सजाउने क्रममा शान्तिबाटिकामा रहेका आन्दोलनकारीहरुलाई प्रहरी बल प्रयोग गरी हटाइएको बताइएको छ । आन्दोलनरत शिक्षकहरुले भने अब आफूहरुको आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएका छन् ।