Skip to main content

अस्थायी शिक्षकले पाउने भए अन्तिम अवसर

काठमाडौं,मंसिर १४ – अस्थायी शिक्षकहरुलाई अन्तिम अवसर दिने भन्दै सरकारले आन्तरिक प्रतिष्पर्धाका आधारमा शिक्षक नियुक्ति गर्ने प्रस्ताव अगाडि सारेको छ । अध्यापन अनुमतिपत्र लिएर शिक्षकका लागि नयाँ विज्ञापनको प्रतिक्षामा रहेका छ लाख भन्दा बढी ब्यक्तिले खुला प्रतिष्पर्धामा चित्त बुझाउनुपर्ने भएको छ।   शिक्षा मन्त्रालयले गत २०६३ बैशाख १० गते आघिसम्मको रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गर्न शिक्षा ऐन संसोधनको मस्यौदा तयार गरेको छ । त्यसअवधिको रिक्त दरबन्दीमा ४० प्रतिशत आन्तिरिक र बाँकी ६० प्रतिशतमा खुला प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने प्रस्ताव अगाडि सारिएको छ । 

मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले अस्थायी शिक्षकहरुको समस्या निकै लामो समयदेखि बल्झिँदै आएकाले यसलाई अब लम्ब्याईरहनु उचित हुँदैन भनेर यस्तो प्रस्ताव गरिएको बताए । ‘उनीहरुलाई अन्तिम एक पटक आन्तरिक प्रतिष्पर्धाबाट स्थायी हुने अवसर दिइने प्रस्ताव ल्याएका हौं,’ उनले भने, ‘त्यसपछि आन्तरिक प्रतिष्पर्धा हुने छैन । अस्थायी शिक्षकहरुको माग पनि सम्बोधन हुनेछ र समस्या पनि टुङ्गो लाग्नेछ ।’

 शिक्षक सेवा आयोगले यसअघि २०६९ साल पुस २० गते १३ हजार ५७ दरबन्दीका लागि खुला प्रतिष्पर्धाका आधारमा पदपूर्ति गर्न विज्ञापन खुलाएको थियो । २०५२ सालपछि पहिलो पटक खुल्ला प्रतिष्पर्धाको विज्ञपन गरिएको थियो । त्यसबेला २०६३ साल बैशाख ११ देखि २०७० असार मसान्त भित्र रिक्त दरबन्दीका लागि मात्र विज्ञापन आहृवान गरिएको थियो । त्यसबाट कतिपय अस्थायी शिक्षकहरुले पनि नाम निकाल्न सफल भएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...