Skip to main content

महोत्तरीका अधिकाँश विद्यालयहरुमा बेथिती

महोत्तरी ११ मंसिर / जिल्लाका अधिकाँश विद्यालयहरुमा बेथिती फेला परेको छ । अधिकाँश सामुदायिक विद्यालयहरुमा शिक्षकको हेलचेक्रयाई फेला परेको छ भने निजी विद्यालयहरु विना दर्ता सञ्चालन भएको पाईएको छ ।
जिल्ला शिक्षा कार्यालयले गएको हप्ता देखि शुरु गरेको विद्यालय अनुगमनका क्रममा सामुदायिक विद्यालयहरु समयमा नखुल्ने तथा कार्यकर्ता भर्ति केन्द्र जस्ता रहेको फेला परेको छ । कतिपय सामुदायिक विद्यालयहरुका विद्यार्थी संख्या बरावरनै शिक्षक संख्या रहेको समेत फेला परेको जिशिअ अरविन्दलाल कर्णले एडुखबरलाई बताए ।
जिल्लामा रहेका ४ सय १३ वटा विद्यालय मध्ये अहिले सम्म ७२ वटाको अनुगमन सकिएको छ । शिक्षण सिकाई भन्दा पनि भौतिक कुराहरुमा ध्यान दिएर अनुगमन गरेको उनले बताए । ‘समयमा विद्यालय खुल्छ खुल्दैन, शिक्षकको आनी वानी के छ ?, विद्यालयमा निकास भएको बजेटको परिचालन कस्तो छ ?, सुविधाहरु के कस्तो छ भन्ने थाह पाउन अनुभगन गरिएको हो, धेरै तिर समस्या देखिएको छ ।’  उनले भने ‘सुधारका लागि सबै भन्दा पहिले विद्यालय र शिक्षक स्वयंलाई जिम्मेवार बनाउँछौं, शिक्षकको भीड जिशिकामा भन्दा विद्यालयमा केन्द्रित गर्ने गरी उनीहरुको काम फटाफट गर्छौ, समयमा विद्यालय खुल्ने र शिक्षक विद्यालयमा हुने वित्तिकै सुध्रिन्छ भन्ने आशा छ ।’
अनुगमनका क्रममा २३ वटा निजी विद्यालय विना दर्ता सञ्चालनमा रहेको फेला परेको छ । उनीहरुलाई २४ घण्टा भित्र जिशिकामा उपस्थित हुन भनिए पनि कुनै पनि उपस्थित भएनन् । जिल्लामा जम्मा ४३ वटा निजी विद्यालयले जिशिकाबाट अनुमति लिएको फेला परेको छ । जिल्लामा २ सय हाराहारी निजी विद्यालय रहेको अनुमान छ । ‘विद्यालयको नाममा ब्यापार गर्ने र राजश्व समेत छल्ने यस्ता अबैध संस्थालाई तत्काल बन्द गर्छु,’ कर्णले भने ‘शिक्षामा अनियमितता सामुदायिकमा मात्रै छैन निजीमा झन् डरलाग्दो छ ।’
शिक्षा क्षेत्रमा भ्रष्टाचार र अनियमितता ब्याप्त रहेको तराईका आठ जिल्ला मध्ये महोत्तरी पनि एक हो । ‘जिल्लाकै छवी विर्गेको अवस्थामा केही सुधार गर्न सक्छौंकी भनेर एकिकृत रुपमा आकस्मिक छड्के गरिएको हो’ कर्णले भने ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...