Skip to main content

पाँच शिक्षकका भरमा निमावि

बागलुङ, मङ्सिर १४ गते । यहाँको एक विद्यालयमा शिक्षक अभाव देखिएको छ ।
तमान–८ को सरस्वती निम्नमाध्यमिक विद्यालय पाँच शिक्षकको भरमा चलेको छ । यसअघि सात शिक्षक रहेकामा दुई जनाले अवकाश लिएपछि पठनपाठन प्रभावित भएको छ । प्राथमिक तहका पाँच शिक्षकको दरबन्दी रहे पनि निमावि भने निजी स्रोतबाट चलेको विद्यालयले जनाएको छ ।
दरबन्दीका शिक्षक ज्ञानेन्द्र छन्त्यालले गत असोजदेखि अवकाश लिएको र अर्का एक निजी स्रोतमा रहेका शिक्षकलाई विद्यालयले हटाएपछि शिक्षक सङ्ख्या घटेको हो । दुई सय पचास विद्यार्थीले अध्ययन गर्ने उक्त विद्यालयमा शिक्षक कम हुँदा समस्या भएको प्रअ कुमबहादुर छन्त्यालले बताउनुभयो ।
“शिक्षक थोरै हुँदा समस्या भएको छ, एउटै शिक्षकले दोब्बर कक्षा लिनुपर्ने अवस्था छ”– प्रअ छन्त्यालले भन्नुभयो–‘निमावि तहका एउटा दरबन्दी नहुँदा निजी स्रोतबाट तलब खुवाउन पनि धौ–धौ छ ।” विद्यालयले गत वर्ष भएको दरबन्दी मिलानमा एउटा प्रावि तहको शिक्षक पाएको थियो । जिल्ला शिक्षा कार्यालयले आवश्यक व्यवस्था गरिदिएमा सहज हुने प्रअ छन्त्यालले भनाइ छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...