Skip to main content

आफ्नो गाउँमा स्कुल बनाउँछु:मलाला

एजेन्सी 
ओस्लो, मंसिर । नोवेल शान्ति पुरस्कार विजेता पाकिस्तानी १७ वर्षिया बालिका मलाला यूसुफजईले आफ्नो गाउँमा उच्च शिक्षाका लागि विद्यालय नभएको गुनासो गर्दै गाउँका हरेक बालबालिकालाई पढ्नका लागि माध्यामिक तहको स्कुल स्थापन गर्ने चाहना रहेको बताएकी छिन। 

नर्बेको ओस्लोमा भएको विशेष समारोहमा शान्ति पुरस्कार ग्रहरण पछि सम्बोधन गर्दै उनले विश्वका स्कुल बाहिर रहेका हरेक बालबालिकाहरुलाई शिक्षाको पहुँचमा लैजानु आफ्नो कर्तव्य भएको बताईन् । घण्टौ लामो सम्बोधनमा उनले बालबालिकालाई बन्दुक दिन सजिलो हुने तर पुस्तक दिन गाह्रो हुने तर्क गरिन् । महिला शिक्षा र नोबेल पुरस्कारबाट प्राप्त भएको रकम पाकिस्तानको स्वात र शांगलाहिल क्षेत्रमा विद्यालयकै लागि खर्च गर्ने मलालाको भनाई छ । आफ्ना हजुबुवाले समेत आफुलाई विश्व सामु चिनिन पाठ सिकाएको उनले सम्झिइन् । 
   मलाला र भारतका बालअधिकारवादी अभियन्ता कैलाश सत्यार्थीले संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार ग्रहण गरेका छन् । नर्बेको ओस्लोमा भएको विशेष समारोहमा नेर्वेका नरेश हाराल्ड पञ्चम समेत सहभागि थिए । १७ वर्षिया मलाला नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी हुन् भने, ६० वर्षिय सत्यार्थीले विभिन्न उद्योगमा जोखिम मोलिरहेका हजारौँ बालबालिकाको उद्धार गरेका थिए । नोबेल पुरस्कारको राशी १४ लाख अमेरिकी डलर छ । पुरस्कार ग्रहण गर्नु अघि मलालाले राजनीतिमा लागेर मुलुकको प्रधानमन्त्री बन्ने चाहना राखेकी थिइन् । बीबीसीसंगको कुराकानीमा मलालाले पाकिस्तानमा बालिका शिक्षाको अभियानमा सक्रिय मलालाले बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्किएर राजनीतिमा लाग्ने चाहना राखेकी हुन् । 

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...