काठमाडौँ । शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको लाइसेन्स परीक्षामा सवा लाख परीक्षार्थी सम्मिलित हुँदैछन् ।
आयोगले यही फागुन १६ गते निम्न माध्यमिक तहको र फागुन १७ गते माध्यमिक तहको परीक्षा सञ्चालन गर्दैछ ।
आयोगका अनुसार माध्यमिक तहका लागि २३ हजार ४० ले र निम्न माध्यमिक तहका लागि ९८ हजार ७५४ ले आवेदन दिएका छन् । गत वर्ष माध्यमिक तहमा १८ हजार ६०६ ले परीक्षा दिएकोमा १२ हजार ६ उत्तीर्ण भएका थिए भने निम्न माध्यमिक तहमा ९५ हजार २९३ ले परीक्षा दिएकोमा तीन हजार ५७९ उत्तीर्ण भएका थिए ।
आयोगले लाइसेन्स परीक्षामा माध्यमिक तहको लागि ११६ र निम्न माध्यमिक तहको लागि ४०८ परीक्षाकेन्द्र कायम गरेको छ । परीक्षा अपरान्ह १ बजे सुरु हुनेछ ।