Skip to main content

बारामा ३१ वटा झोले विद्यालय खारेज

शिवशंङ्कर मिश्र कलैया ( बारा ), माघ ४ गते । जिल्ला शिक्षा कार्यालय बाराले ३१ वटा झोले विद्यालयलाई खारेज गरेको छ ।
शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन पछि जिल्ला शिक्षा कार्यालयको शिक्षा समितिको माघ २ गते बसेको बैठकले गरेको निर्णय अनुसार जिल्लाका ३१ वटा झोले विद्यालयहरु बन्द गराईएको जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीले बताउनुभयो ।
यसरी बन्द हुने बिद्यालयहरुमा बाराको रामजानकी प्राथमिक विद्यालय अमवा, गायत्री प्राथमिक विद्यालय बडकी फुलवरिया ६, सरस्वती प्राबि.पत्रहटी ६, खैरा माया प्राबि.पत्रहटी ४, सतेश्वरी पत्रहटी प्राबि.९, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय इनर्वामाल ७, नवजाग्रुती प्राबि. इनर्वामाल २, नेराप्राबि. इनर्वामाल ३, मकटबी मदर्सा दारुल इनर्वामाल ८, नेराप्राबि.महेन्द्र आर्दश ६, नेराप्राबि. इनर्वामाल ८, प्रगतीशिल प्राबि. इनर्वामाल ६, नेराप्राबि.कुडवा १, अजमुल ईस्लाम मदर्सा प्राबि.कचोर्वा ३, खारेज गरिएको जिल्ला शिक्षा कार्यालय बाराले जनाएको हो । 
यसैगरी बन्द भएका विद्यालयहरुमा रामना कामना माई प्राबि. बरियारपुर, भुटनदेवी प्राबि.बरियारपुर, नेराप्राबि. हेगौलिया, सत्यनारायण भगवान प्राबि.पिप्राबिर्ता बलुवा, नेराप्राबि.प्रशुरामपुर २, नेराप्राबि.बगही ५, नेराप्राबि बगही १, नेराप्राबि. कवही गोठ ९, नेराप्राबि.कवहीगोठ ४, जिनबाबा प्राबि.हद्र्धिया ८, नेराप्राबि.पिप्राबिर्ता १, देवमाया प्राबि.सपही ७, सर्वजनिक प्राबि. रामपुर खे, जनहित प्राबि. बसतपुर, सरस्वती प्राबि.बसतपुर, मदर्सा नुरुल उलुम बसतपुर र बौद्धीमाई प्राबि. देवीगंज रहेका छन् । 
यी विद्यालयहरुको नाममा रहेको चल–अचल सम्पत्ति जिल्ला शिक्षा कार्यालयले नियन्त्रणमा रहेको जिल्ला शिक्षा अधिकारी भण्डारीले बताउनुभयो । कानुनी प्रकृया फितलो रहेका कारण शिक्षा माफिया र केही कर्मचारीहरुको मिलोमत्तोमा बर्षौ देखी सरकारी रकम कागजी प्रकृया पुरागरी केही ब्यक्तिहरुले बिद्यालयको नाउँमा खादै आएको प्रति नागरिक समाज बाराका अध्यक्ष सुख प्रसाद चौधरीले दुखेसो ब्यक्त गर्नुभयो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...