Skip to main content

माध्यमिक तह वस्तुगत प्रश्नहरुको उत्तर

१) विद्यालय क्षेत्र सुधार योजना अनुसार आधारभूत तहको प्रधानाध्यापक हुनको लागि न्यूनतम शैक्षिक योग्यता कति हो ?
ग) स्नातक
२) माध्यमिक तहको ऐच्छिक प्रथम पत्रमा समावेश नभएको विषय कुन हो ?
घ) छविकला
३) नेपालको अन्तरिम संविधान २०६३ को कुन धारामा महिला अधिकार सम्बन्धी हकको व्यवस्था गरिएको छ ?
ग) धारा २०
४) रा.शि.प.यो. २०२८ अनुसार निम्न माध्यमिक तहको अन्त्यमा कस्तो किसिमको परीक्षा लिनुपर्ने व्यवस्था गरिएको थियो ?
ग) अंचल स्तरीय
५) शिक्षा नियमावली २०५९ अनुसार शिक्षकलाई तालिमको लागि छनौट गर्ने जिम्मेवारी कसको हो ?
ग) वि.व्य.स.
६) थोरै विद्यार्थी र कम शिक्षक दरबन्दी भएको विद्यालयमा कुन शिक्षण विधि उपयुक्त हुन्छ ?
ग) वहुवर्ग शिक्षण
७) पूर्व प्राथमिक तहको अनुमति तथा स्वीकृति कसले प्रदान गर्दछ ?
घ) गाविस/नगरपालिका
८) विद्यालय क्षेत्र सुधार योजनाको समयावधी कुन हो ?
ख) सन् २००९ —२०१५
९) विद्यालय तहको पाठ्यक्रको अन्तिम स्वीकृति प्रदान गर्ने निकाय कुन हो ?
ग) नेपाल सरकार
१०) नेपालको अन्तरिम संविधान २०६३ अनुसार सरकारको नीति तथा कार्यक्रम कसले सम्बोधन गरी प्रस्तुत गर्ने प्रावधान छ ?
ख) राष्टपति
११) माल्दीभ्सको विद्यालय तहको शैक्षिक संरचना कस्तो छ ?
ख) ५+२+३+२
१२) पाठ्यक्रमका अंगहरुको ठीक क्रम कुन हो ?
ग) उद्धेश्य, विषयवस्तु, शिक्षण सिकाई क्रियाकलाप मुल्यांकन
१३) सबैको लागि शिक्षा कार्यक्रम २००४—२००९ सञ्चालनको लागि जम्मा कति बजेटको व्यवस्था गरिएको थियो ?
क) ८१४.५ मिलियन अमेरिकी डलर(यसमा ढुक्क छैन है)
१४) राष्टिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार माध्यमिक तहको शिक्षाको लागि कूल कति पूर्णाङ्ग कायम गरिएको थियो ?
घ) ७०० +१००
१५) नेपालमा सर्व प्रथम Technical school स्थापना कहिले भएको हो ?
क) वि.सं. १९८७
१६) राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८ सर्वप्रथम कुन–कुन जिल्लामा लागु गरियो ?
घ) चितवन र कास्की
१७) एस.एल.सी. परीक्षा कक्षा १० को पाठ्यक्रमबाट मात्र कहिले देखि सञ्चालन हुन थालेको हा ?
क) वि.सं.२०६३
१८) शिक्षकको कार्य क्षमताको मूल्यांकन गर्दा तालिम वापत् कति अंक प्रदान गरिन्छ ?
घ) १० अंक
१९) न्युनतम तलव स्केल रु. २२,०००, अन्तिम तलवमान रु. २५००० र २० वर्ष सेवा अवधि भएको शिक्षकले मासिक कति रकम निवृत्तिभरण पाउँछ ?
क) रु. १०,०००
२०) हाम्रो देशमा विद्यालय शिक्षाको गुणात्मक पक्ष सोचेजस्तो नहुनुमा मूल्यांकनको कस्तो भुमीका रहेको छ ?
ग) निरन्तर विद्यार्थी मूल्यांकन नहुनु ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...