Skip to main content

एसएलसीको तयारीमा बसेका विद्यार्थीले १० हजार पाउने भए


काठमाडौँ । प्राविधिक विषय लिएर एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुले पारिश्रमिक सहितको कार्यगत तालिमको अवसर पाउने भएका छन् ।
सरकारले उनीहरुलाई एसएलसी परीक्षा सकिए लगत्तै एक महिने कार्यगत तालिम (अन द जब टे«निङ) दिँदैछ । तालिम ३० दिनको हुनेछ ।
पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक बाबुराम गौतमले कार्यगत तालिम अवधिमा प्रतिविद्यार्थी १० हजार रुपियाँ दिने प्रस्ताव गरिएको जानकारी दिँदै भन्नुभयो, “कार्यगत तालिमका अवधिमा काम गर्दा विद्यार्थीले सित्तैमा परिश्रम खर्च गर्नुनपरोस् भनेर न्यूनतम भए पनि पारिश्रमिक दिने व्यवस्था गर्न लागेका हौँ । तालिमसम्बन्धी कार्यविधि तयार गरिरहेका छौँ ।” उहाँका अनुसार यस्तो पारिश्रमिक आगामी वर्षहरुमा पनि प्रदान गरिनेछ र शिक्षा विभागसँग सहकार्य गरी कार्यविधि तयार गरिँदैछ ।
यस वर्षबाट पहिलो पटक प्राविधिक विषयका विद्यार्थीहरु एसएलसी परीक्षामा सम्मिलित हुँदैछन् । देशभरिका ९९ सामुदायिक विद्यालयका करिव साढे चार हजार विद्यार्थीहरु परीक्षामा सम्मिलित हुँदैछन् । प्राविधिक एसएलसीमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान र कम्प्युटर गरी पाँच विषयमा पठनपाठन भइरहेको छ ।
प्राविधिक विषयमा एक हजार पूर्णाङ्क तोकिएको छ भने ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक विषयको परीक्षा हुनेछ ।
उपनिर्देशक गौतमले कार्यगत तालिमवापत अतिरिक्त अङ्क प्रदान गर्ने व्यवस्था नभएको तर प्रमाणपत्रमा तालिम पूरा गरेको भनि उल्लेख हुने जानकारी दिनुभयो ।
सम्बन्धित विद्यालयले संस्थाहरुको खोजी गरी आफ्ना विद्यार्थीलाई कार्यगत तालिमका लागि खटाउनुपर्ने हुन्छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...