काठमाडौं ६ माघ /
नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगत कार्यरत सह प्राध्यापकको शैक्षिक योग्यता नक्कली फेला परेको छ ।
महोत्तरीको मटिहानीमा रहेको याज्ञवल्क्य विद्यापीठमा सह प्राध्यापकको रुपमा कार्यरत हेम नारायण लाल कर्णले बढुवा प्रयोजनका लागि बुझाएको शैक्षिक योग्ताको प्रमाणपत्र नक्कली फेला परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट यस्तो फेला परेको हो । कर्णले विहार ईन्टरमिडियट शिक्षा परिषद् पटना भारतबाट १९८३ मा आई कम उत्तिर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ । अख्तियारले कर्ण विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।