Skip to main content

शिक्षक सेवा आयोग खुल्यो (आयोगको विज्ञापनसहित)

भक्तपुर २३ चैत / शिक्षक सेवा आयोगले ३ हजार २ सय ४९ पदका लागि विज्ञापन खोलेको छ । एक महिना फर्म भर्ने म्याद कायम गरि विज्ञापन खोलिएको शिक्षा मन्त्रालयका सहसचिव तथा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले  जानकारी दिए ।
असारको ११ गते माध्यमिक र १२ गते निम्न माध्यमिकको परीक्षा हुने छ । बैशाख २३ गते सम्म फर्म भर्ने म्याद कायम गरिएको छ । उक्त अवधिमा फर्म भर्न नसक्नेले दोब्बर दस्तुर तिरेर थप एक हप्ता सम्म फर्म भर्न सक्ने छन् ।
'शिक्षक नियुक्ति गर्ने आयोगको काम अन्र्तगत हामीले प्रकृया शुरु गरेका हौं,' उनले भने, 'आयोगले आफ्नो काम प्रकृयागत रुपमा सम्पन्न गर्ने छ ।'
शिक्षा विभागले २०६३ बैशाख ११ गते यता माध्यमिक र निम्न माध्यमिक विद्यालयमा रिक्त शिक्षकको बिवरण उपलब्ध गराएसँगै आयोगले विज्ञापन खोलेको हो । उक्त विवरण पाएसंगै आयोगले तत्काल विज्ञापन गर्ने बताएको थियो एक हप्ता पछि शिक्षक सेवा आयोग खुल्ने विभागले केही दिन अघि मात्रै देशभर रिक्त शिक्षक दरबन्दी बिवरण उपलब्ध गराएको थियो । जस अनुसार माध्यमिकमा १ हजार ३ सय ८५ र निम्न माध्यमिकमा १ हजार ८ सय ६४ पद रिक्त छन् ।
विभागले आयोगलाई बुझाएको बिवरण अनुसार माध्यमिक तर्फ सुदूर पश्चिमाञ्चलमा १ सय १५, मध्य पश्चिमाञ्चलमा १ सय ५५, पश्चिमाञ्चलमा ३ सय ४२, मध्यमाञ्चलमा ४ सय ८४ र पूर्वाञ्चलमा २ सय ८९ पद रिक्त रहेको उल्लेख छ । 
यस्तै निमावि तर्फ सुदुर पश्चिमाञ्चलमा १ सय ३५, मध्य पश्चिमाञ्चलमा २ सय २६, पश्चिमाञ्चलमा ५ सय १४, मध्यमाञ्चलमा ५ सय ८८, पूर्वाञ्चलमा ४ सय शिक्षक पद रिक्त छ ।

२०६३ बैशाख १० गते पछि रिक्त भएका १३ हजार ५९ पदका निम्ति आयोगले गत बर्षको जेठमा परीक्षा सञ्चालन गरेको थियो । उक्त विज्ञापन नयाँ शिक्षक नियुक्तिका लागि १७ बर्ष पछि गरिएको थियो ।
विज्ञापन हेर्न यहा क्लिक गर्नुहोस् ।
  http://tsc.gov.np/
file:///C:/Users/ss/Downloads/1.Last_final_Add_All__Subjestwise0711223%20(8).pdf

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव