काठमाडौँ । शिक्षक सेवा आयोगले स्थायी अध्यापन अनुमतिपत्रका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले माध्यमिक तहका लागि अनुमतिपत्रका लागि विज्ञापन आह्वान गरेको हो ।
देशका सबै क्षेत्रीय शिक्षा निर्देशनालयमा दरखास्त दिन सकिने र दरखास्त वैशाख ७ देखि २७ गतेसम्म दिनसकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिर्नेहरुका लागि जेठ ३ गतेसम्म म्याद दिइएको छ ।
आयोगले आगामी असार १३ गते परीक्षा लिने जनाएको छ ।
शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको हुनपर्ने, स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा माध्यमिक तहको १० महिने तालिम दिएको हुनुपर्ने भनिएको छ ।
अंग्रेजी, गणित, विज्ञान, कम्प्युटर, व्यवस्थापन संकाय, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र पशुपालन वा बाली विज्ञान विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएकाहरुलाई तालिम नभए पनि आवेदन दिन सकिने आयोगको सूचनामा छ ।
आवेदनका लागि सात सय रुपियाँ तोकिएको छ भने लिखित परीक्षा उत्तीर्ण गरे पुग्ने हुन्छ ।