| मावि
 १ तलका मध्ये कुन चाहि नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यभित्र पर्दछ  | |
| व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदढ बनाउने | |
| २ सार्क राष्ट्रहरुमध्ये पाकिस्तानमा विद्यालय तहको शिक्षालाई कति तहमा बाडिएको छ ? | |
| ५ | |
| ३ गोरखा स्कुल हङकङमा अध्ययन गर्ने विद्यार्थीका निम्ति वि सं २०३० सालदेखि खोलिएको एसएलसीको परीक्षा केन्द्र कति सालमा बन्द गरिएको थियो ? | |
| वि सं २०५५ | |
| ४ जेन्डर शब्दले तलकामध्ये क’नचाहि अवस्थालाई बु झाउछ ? | |
| महिला पुरुषबीचको सामाजिक अवस्था | |
| ५ राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८, २०३२) अनुरुप साधारण मावि र व्यवसायिक माविका माध्यमिक तहमा कति कति प्रतिशत व्यवसायिक शिक्ष्ा सिकाउने उद्देश्य राखिएको थियो ? | |
| साधारण माविमा २० प्रतिशत र व्यवसायिक माविमा ३० ४० प्रतिशत | |
| ६ माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३ २००८) को तलको उद्देश्य कुन हो ?/> | |
| माध्यमिक शिक्षाको समता र पहुचमा सुधार | |
| ७ राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत तहको कति कक्षासम्म उदार कक्षोन्नति क्रमिक रुपमा लाग” गर्ने उल्लेख गरेको छ ? | |
| कक्षा १ देखि ७ सम्म | |
| ८राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार माध्यमिक शिक्षाका सन्दर्भमा नेपाली विषय अन्तर्गत संस्कृतलाई कुन रुपमा समावेश गर्ने व्यवस्था हुनुपर्ने सुझाव गरिएको थियो ? | |
| सहयोगीका रुपमा | |
| ९ किशोरावस्थाको खास विकासात्मक कार्य कुन हो ? | |
| मातापिता एवम् अन्य वयस्कहरुबाट संवेगात्मक आत्मनिर्भरता प्राप्त गर्न | |
| १० प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार निरन्तर विद्यार्थी मूल्यांकनका लागि कति वटा मापदण्डलाई आधार मान्ने व्यवस्था गरिएको छ ? | |
| ५ वटा | |
| ११. नेपालको अन्तरिम संविधान २०६३ मा व्यवस्था भएबमोजिम कसलाई आफ्नो भाषा, लिपि संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने हक हुनेछ ? | |
| नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई | |
| १२. नेपालको अन्तरिम संविधान २०६३ बमोजिम अभिलेख अदालत भनेर कुन अदालतलाई भनिन्छ ? | |
| सर्वोच्च अदालत | |
| १३• जिल्ला शिक्षा समितिमा पदेनबाहेक मनोनित सदस्यको संख्या कति किटान गरिएको छ ? | |
| ८ | |
| १४ शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति गर्ने सिफारिस समितिमा कसकसको प्रतिनिधित्व रहने व्यवस्था छ ? | |
| लोकसेवा आयोगका अध्यक्ष, त्रिविविका उपकुलपति र शिक्षा सचिव | |
| १५ समुदायद्वारा सञ्चालित विद्यालय व्यवस्थापन जिम्मा लिने निकायको काम, कर्तव्य र अधिकारमध्ये तलको कुन पर्दैन ? | |
| विद्यालयको सुधार गर्न आवश्यकताअनुसार विशेषज्ञ नियुक्ति गर्ने | |
| १६ शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार कक्षा ६ देखि १० सम्म सञ्चालन भएको विद्यालयमा कम्तीमा कति जना शिक्षक हुन’पर्ने व्यवस्था गरिएको छ ? | |
| ९ जना | |
| १७ विद्यालय व्यवस्थापन समितिको कार्यभित्र नपर्ने कुन हो ? | |
| विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोत स्थिर राख्ने | |
| १८ शिक्षकको नोकरी अवधि गणना सम्बन्धमा कुनै द्विविधा उत्पन्न भएमा त्यस्तो नोकरी अवधि यकिन गरी शिक्षक किताबखानालाई सिफारिस गर्न जिल्ला स्तरमा गठित तीन सदस्यीय नोकरी अवधि निर्धारण समितिको अध्यक्ष को हुन्छ ? | |
| जिल्ला शिक्षा अधिकारी | |
| १९ शिक्षक पदका लागि उम्मेद्वार हुन नपाउने अवस्था तलकामध्ये कुन हो ? | |
| नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको | |
| २० शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधनसहित) अनुसार पिछडिएको क्षेत्र भन्नाले तलको कुनचाहि जिल्ला पर्दैन ? | |
| मनाङ | |
| निमावि तहको परीक्षामा सोधिएका वस्तुगत प्रश्न र तिनको उत्तर:- | |
| १• अक्षरांक शिक्षा पुस्तकका लेखक को हुन् ? | |
| जयपृथ्वीबहादुर सिंह | |
| २• भारतले प्राथमिक शिक्षालाई कस्तो शिक्षाका रुपमा लिएको छ ? | |
| आधारभूत शिक्षा | |
| ३• बालअधिकार सम्बन्धी अवधारणको सूत्रपात सर्वप्रथम कुन घोषणाले गरेको हो ? | |
| जेनेभा घोषणा | |
| ४• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९)अन्तर्गत विद्यालय तहको शिक्षामा सान्दर्भिकता अभिवृद्धिका लागि तय गरिएको एउटा रणनीति तलकामध्ये कुन हो ? | |
| २० प्रतिशत स्थानीय परिवेशका विषयवस्तु पाठ्यक्रममा समावेश गर्ने | |
| ५• माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३–२००८) को उद्देश्य तलका मध्ये कुन होइन ? | |
| शिक्षक शिक्षा | |
| ६• तलकामध्ये कुनचाहिं दैनिक पाठयोजनाको अंग होइन ? | |
| पाठ्यवस्तु | |
| ७• निर्माणात्मक मूल्यांकनका मुख्य उद्देश्यमा तल लेखिएकामध्ये कुन पर्दैन ? | |
| उपलब्धिका आधारमा कक्षा पदोन्नति गर्न | |
| ८• राष्ट्रीय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले माध्यमिक शिक्षाको संरचना कति तहको हुनुपर्ने सुझाव दिएको छ ? | |
| ३तह | |
| ९• उत्तर बाल्यावस्थाका बालबालिकाहरुलाई शिक्षाविदहरुद्वारा प्रयोग गरिने नाम तलका मध्ये कुनचाहिं हो ? | |
| प्रारम्भिक विद्यालय उमेर | |
| १०• विद्यालय सुधार योजना निर्माण गर्दा कतिओटा चरणहरु पूरा गर्नुपर्छ ? | |
| १२ चरण | |
| ११• समान कामका लागि महिला र पुरुषबीच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन- यो हक नेपालको अन्तरिम संविधान २०६३ को कुनचाहिं मौलिक हक अन्तर्गत पर्दछ ? | |
| समानताको हक | |
| १२• नेपालको अन्तरिम संविधान २०६३ ले नेपालको कार्यकारिणी काम कसको नाममा हुने व्यवस्था गरेको छ ? | |
| नेपाल सरकार | |
| १३• शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार विद्यालय व्यवस्थापन समिति विघटन गर्ने अधिकार कुन निकायलाई हुन्छ ? | |
| जिल्ला शिक्षा समिति | |
| १४• अध्यापन अनुमतिपत्र नलिई शिक्षक पदको उम्मेदवार हुन नपाउने व्यवस्था शिक्षा ऐन २०२८ को कुन संशोधनले गरेको हो ? | |
| सातौं संशोधन | |
| १५• गाउँ शिक्षा समितिमा कतिजना सदस्यहरु रहने व्यवस्था शिक्षा ऐन २०२८ (संशोधनसहित) ले गरेको छ ? | |
| ७ जना | |
| १६• शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार सामुदायिक विद्यालयको व्यवस्थापन समितिले तलका मध्ये कुन काम गर्दछ ? | |
| शिक्षकलाई तालिमका लागि छनोट गर्ने | |
| १७• स्थायी नियुक्ति भएको शिक्षक सेवा अवधि कति वर्ष पुगेपछि एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने व्यवस्था छ ? | |
| १ वर्ष | |
| १८• विद्यार्थीले पालना गर्नुपर्ने थप आचारसंहिता कसले निर्धारण गर्दछ ? | |
| > विद्यालय व्यवस्थापन समितिले | |
| १९• शिक्षक सेवा आयोग नियमावली २०५७ अनुसार अन्तर्वार्ताका लागि छुट्याइएको अंकमध्ये शैक्षिक योग्यताका लागि कति अंक छुट्याइएको छ ? | |
| ३ अंक | |
| २०• प्रधानाध्यापक र शिक्षक समान तह र श्रेणीको भएमा प्राथमिक र निम्नमाध्यमिक शिक्षकको सुपरीवेक्षकको हैसियतले कसले अंक प्रदान गर्ने व्यवस्था छ ? | |
| स्रोत व्यक्ति | 
    एक्सन रिसर्च    सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो ।    एक्सन रिसर्च के हो ?     एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...