महेन्द्र केसी
कुश्मा,जेठ ८ गते । बैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण पर्वतका विभिन्न विद्यालयका ६ सय ४२ कक्षाकोठा मा क्षति भएको छ । जिल्लामा उमावि, मावि, निमावि र प्रावि गरी एक दर्जन भन्दा बढि पूर्ण रुपमा क्षति भएका छन् । जिल्लामा रहेका विभिन्न विद्यालयमा हालसम्म प्राप्त जानकारी अनुसार एक सय ८६ विद्यालयमा पूर्ण क्षति, एक सय ९२ मा आंशिक क्षति र दुइ सय दुई कक्षा कोठामा सामान्य क्षति भएको जिल्ला शिक्षा कार्यालयका अधिकृत राजेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म विभिन्न संघसंस्थाको सहयोगमा विद्यालयको भौतिक क्षतिको विवरण हेरि पाल वितरण गरी पठनपाठन कार्यलाई अगाडी बढाउनको लागि जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको बताइएको छ । विनासकारी भुकम्पका कारण जिल्लाका १ सय ४९ विद्यालयमा क्षति भएको कार्यालयले जनाएको छ । बैशाख १२ गते गएको महाविनासकारी भुकम्प र बैशाख २९ गते गएको ठूलो पराकम्पनका कारण जिल्लामा रहेका विद्यायमा ठूलो क्षति भएको छ ।
विद्यालयमा भएको क्षतिका कारण शैक्षिक शत्र सूरु भैसेकता पनि पूर्णरुपमा क्षति भएका विद्यालयमा कक्षा संचालन हुन सकेको छैन भने कतिपय ठाउँमा पाल तथा रुखको छहारीमा विद्यालय संचालन गर्न बाध्यता सिर्जना भएको छ । महाविनासकारी भूकम्पका कारण विद्यालयमा क्षति भएपछि आंशिक क्षति भएका विद्यालयहरुले प्राविका साना कक्षाहरुलाई एउटै कक्षामा पठनपाठन गराउँदै आएका छन् । भुकम्पका कारण विद्यालयमा क्षति पुग्दा र जिल्ला शिक्षा कार्यालयले बैकल्पिक व्यवस्थापन नगर्दा भविश्यका कर्णधारको भविश्य अन्योल जस्तै देखिएको छ । तत्काल जिल्ला शिक्षा कार्यालयले क्षति भएका विद्यालयको लागि बैकल्पिक कक्षा कोठाको व्यवस्था गरी तत्काल विद्यालय संचालन गर्न मिल्ने बाताबरण तय गर्नुपर्ने आवश्यक छ । सरकारले शिक्षा क्षेत्रमा करोडौको लगानी गरेको छ । शिक्षा क्षेत्रमा भएको लगानी बालुवामा पानी हुन नदिन र जिल्लामाको शैक्षिक स्तरमा गिरावट हुन नदिनको लागि तत्काल क्षति भएका विद्यालयमा बैकल्पिक कक्षाकोठाको व्यवस्था गरी विद्यालय संचालनमा लैजानु आवश्यक छ । सरकारले दिदैँ आएको बर्षे विदा, दशैतिहार लगाएका सर्वाजानिक विदाहरु कम गराएर जिल्ला शिक्षा कार्यालयले अहिले रोकिएको पठनपाठनलाई त्यो समयमा अगाडी बढाउनको लागि ध्यान केन्द्रित गर्नु आवश्यक छ । यसरी विदाको समयपनि पठनपाठन संचालन गर्न तर्फ जिल्ला शिक्षा कार्यालय लाग्ने विद्यार्थीलाई सहज हुने थियो भने समयमा पाठ्यपुस्तक सक्नको लागि शिक्षकलाई एक दिनमा दुईचार वटा पाठ पढाउनुपर्ने बाध्यता हराउने थियो ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...