Skip to main content

सेनाको अस्थायी कक्षाकोठा निर्माण अभियान

सेनाको अस्थायी कक्षाकोठा निर्माण अभियानसन्तोष थापा
 पर्वत, १८ जेठ 
विनाशकारी भूकम्पले भत्काएका र क्षति पुगेका विद्यालयका लागि अस्थायी टहरा बनाउन जिल्लामा सेनाले अभियान चलाएको छ । पर्वतस्थित रणदल गुल्मले यस्तो अभियान थालेको हो । अहिलेसम्म पाँच विद्यालयका लागि टहरा निर्माण गरिसकेको गुल्मले जनाएको छ । जसमध्ये तिलाहार गाविसस्थित गिज्यानमाको तुलोदय माविको १३ कोठा बनेका छन् । त्यस्तै रानीपानी गाविसका चार विद्यालय पुनर्निर्माण भएको छ । 

भूकम्पले पर्वतका एक सय ३९ विद्यालयका एक सय ८६ कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भएका छन् । त्यस्तै एक सय ९२ आंशिक र दुई सय दुई सामान्य गरी ६ सय ४२ कक्षाकोठामा क्षति पुगेको जिल्ला दैवी प्रकोप उद्धार समिति पर्वतको तथ्यांकमा उल्लेख छ । विद्यालय पुनर्निर्माणका लागि सेनालाई विद्यालय र अभिभावकले समेत अनुरोध गर्ने गरेको गुल्मपति उज्ज्वल केसीले बताए । ‘विद्यालयका शिक्षक र अभिभावक आफैँ उपस्थित भएर पुनर्निर्माणमा सघाइदिन भन्दै निवेदन दिने गर्नुभएको छ,’ उनले भने, ‘कतिपय जिल्ला प्रशासन कार्यालय पर्वतमा आएका निवेदनलाई प्रमुख जिल्ला अधिकारीको अनुरोधमा पुनर्निर्माणमा लागेका छौँ ।’ पुनर्निर्माणका लागि सेनाको टोली गाउँमा नै श्रमशिविर सञ्चालन गरेर बसेको केसीले बताए । विद्यालय भवन भत्केपछि पठनपाठन नै बन्द गरेर बस्न बाध्य अभिभावक र शिक्षक अहिले सेनाको सहयोगमा टहरा निर्माण भएपछि शैक्षिक क्रियाकलापसमेत सञ्चालन भएका छन् । वर्षायाम सुरुवात हुन लाग्दा भवन भत्केकाले पठनपाठन अवरुद्ध नहोस् भनेर अभियान चलाएको केसीले बताए । 

सेनाले भूकम्प गएलगत्तै जिल्लाका विभिन्न गाउँ पुगेर भत्किएका संरचनाभित्रबाट सामग्री निकाल्नेदेखि स्थानीयवासीलाई सुरक्षित स्थानको प्रबन्ध गर्नेसम्मको काम गरेको थियो । सेनाले जोखिमपूर्ण संरचना भत्काउने काम पनि गरिरहेको छ ।
Source: http://www.enayapatrika.com/

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...