Skip to main content

मुस्ताङका सबै विद्यार्थीको परीक्षाफल स्थगित, पश्चिममा नतिजा सुधार

पोखरा, असार ५ - हिमालपारिको मुस्ताङबाट सहभागी सबै ९८ विद्यार्थीको परीक्षाफल स्थगित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल प्रकाशित गर्दा मुस्ताङका विद्यार्थीको प्रयोगात्मक अंक समावेश नगरिदिएकाले उनीहरूको परीक्षाफल स्थगित भएको हो । शिक्षा कार्यालय मुस्ताङका अनुसार ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको अनौपचारिक जानकारी छ । प्रयोगात्मक अंक प्रविष्ट नहुँदा उत्तीर्ण भएका भनिएका विद्यार्थीको पनि श्रेणी पनि खुलेको छैन ।
‘परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीको कारणले प्रयोगात्मक अंक प्रविष्ट नगराउँदा मुस्ताङका सबै विद्यार्थीको परीक्षाफल स्थगित भएको छ,’ शिक्षा कार्यालय मुस्ताङका विद्यालय निरीक्षक मोतीलाल चापागाईंले भने, ‘परीक्षा नियन्त्रकसम्म गुनासो गरेका छौं । आइतबार समस्या सुल्झन्छ भन्ने आश्वासन आएको छ ।’
यसपटकको प्रवेशिका परीक्षामा पश्चिमका विभिन्न जिल्लामा उत्तीर्ण प्रतिशत बढेको छ । कास्कीमा ७१ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ९ हजार ५ सय ५१ जनाले परीक्षा दिएकोमा ६ हजार ८ सय ६७ विद्यार्थी उत्तीर्ण भएका हुन् । उत्तीर्णमध्ये १ हजार १ सय ९८ विशिष्ट, ४ हजार २ सय ७ जना प्रथम, १ हजार ४ सय ३३ द्वितीय र २९ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् भने ३३ जनाको नतिजा नदेखाएको सहायक शिक्षा अधिकारी हेमनारायण चापागाईंले बताए ।
मनाङमा जम्मा ५८ जना परीक्षार्थीमा ४३ जना उत्तीर्ण भएको शिक्षा अधिकारी मित्रनाथ गर्तौलाले बताएका छन् । यो ७४ प्रतिशत हो । अघिल्लो वर्ष ५३ प्रतिशतमात्रै उत्तीर्ण भएका थिए । गर्तौलाका अनुसार सदरमुकाम चामेको लोकप्रिय उमाविबाट सहभागी सबै १३ जना उत्तीर्ण भए ।
बागलुङमा नियमिततर्फ ४० दशमलव ३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाका ५ हजार २९ जनाले दिएको परीक्षामा २ हजार ३१ उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खेमप्रसाद आचार्यले बताए । विशिष्ट श्रेणीमा ९७, प्रथम श्रेणीमा ७ सय ४१, द्वितीय श्रेणीमा १ हजार १ सय ३२ र तृतीय श्रेणीमा ६१ जना उत्तीर्ण भएका हुन् ।
गुल्मीमा गत वर्षको तुलनामा २ प्रतिशत विद्यार्थी बढी उत्तीर्ण भएका छन् । शिक्षा कार्यालयका अनुसार यो वर्ष १ हजार ९ सय ६४ विद्यार्थी उत्तीर्ण भएका हुन् । जिल्ला शिक्षा अधिकारी भोजराज काफ्लेका अनुसार विशिष्ट श्रेणीमा ७७, प्रथम श्रेणीमा ८ सय ३८, द्वितीय श्रेणीमा १ हजार ३३ र तृतीय श्रेणीमा १६ जना उत्तीर्ण भएका छन् । गत वर्ष ४४ दशमलव १९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष ४६ दशमलव ७९ प्रतिशत उत्तीर्ण भएको शिक्षा कार्यालयले जनाएको छ । यस वर्षको परीक्षामा ४ हजार १ सय ९७ विद्यार्थी सहभागी भएका थिए । त्यस्तै दुई विद्यालयबाट प्राविधिक शिक्षाको परीक्षा दिएका ५७ जनाको परीक्षाफल प्रकाशित नभएको कार्यालयले जनाएको छ ।
तनहुँमा ५३ दशमलव ९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५१ दशमलव १५ प्रतिशत एसएलसीमा उत्तीर्ण भएका थिए । नियमिततर्फ परीक्षामा सहभागीमध्ये विशिष्ट श्रेणीमा २ सय ६, प्रथम श्रेणीमा १ हजार ५ सय ७, दोस्रो श्रेणीमा १ हजार २ सय ५०, तेस्रो श्रेणीमा २६ जना गरी कुल २ हजार ९ सय ८९ परीक्षार्थी उत्तीर्ण भएको सहायक जिल्ला शिक्षा अधिकारी डिल्लीरमण भण्डारीले बताए । जिल्लाबाट एसएलसी परीक्षामा कुल ५ हजार ५ सय ८० परीक्षार्थी सहभागी थिए । उनीहरूमध्ये प्राविधिकतर्फका ४४ जना परीक्षार्थीको नतिजा सार्वजनिक हुन बाँकी रहेको छ । एक्जाम्टेडतर्फ भने हजार ३ सय ८७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
म्याग्दीमा ६४ दशमलव १६ प्रतिशत उत्तीर्ण भएका छन् । शिक्षा कार्यालयका अनुसार २ हजार २ सय ३५ मध्ये विशिष्ट श्रेणीमा ६३, प्रथम श्रेष्णीमा ५ सय ६३, द्वितीयमा ७ सय ९४ र तृतीय श्रेणीमा १४ जनासहित १ हजार ४ सय ३४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
पर्वतमा ४७ दशमलव ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३ हजार ३८ मध्ये १ हजार ४ सय ५२ विद्यार्थी पास भएको शिक्षा कार्यालयले जनाएको छ । गत वर्ष ४३ प्रतिशतमात्रै उत्तीर्ण भएका थिए । कार्यालयका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार १ सय २ विशिष्ट, ४ सय ९० प्रथम, ८ सय २ दोस्रो र ५८ जना तेस्रो श्रेणीमा पास भएका छन् ।
अर्घाखाँचीमा ३८ दशमलव ४ प्रतिशत उत्तीर्ण भएका छन् । गत वर्ष ३२ दशमलव ८६ प्रतिशतमात्रै उत्तीर्ण भएका थिए । ३ हजार ८६ परीक्षार्थीमा १ हजार १ सय ६७ उत्तीर्ण भएका हुन् ।
लमजुङमा ५६ दशमलव २७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत वर्ष ५३ प्रतिशत उत्तीर्ण भएका थिए । शिक्षा कार्यालयका अनुसार ३ हजार २ सय ७७ परीक्षार्थीमध्ये १ हजार ८ सय ४४ उत्तीर्ण भए । उत्तीर्णमा ८८ विशिष्ट, ८ सय ८२ प्रथम, ८ सय ५२ द्वितीय र २२ जना तृतीय श्रेणीमा छन् ।
पाल्पामा घट्यो
पाल्पामा ४ हजार ५ सय ४६ मध्ये १ हजार ७ सय १६ जना विद्यार्थी पास भएका छन् । जसको उत्तीर्ण प्रतिशत ३७ दशमलव ७५ प्रतिशत हुन आउँछ । गत वर्ष ४३ दशमलव १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठका अनुसार उत्तीर्ण हुनेमा ८३ जना विशिष्ट, ७ सय ३७ प्रथम, ८ सय ७१ दोस्रो र २५ जना तेस्रो श्रेणीमा छन् । एक्जाम्टेडतर्फ १ हजार १ सय ८२ सहभागीमध्ये १ सय ८२ जना पास भएका छन् । तानसेन, १३ को लक्ष्मी उमावि, जोगवाणी मावि र रामपुरको नवदुर्गा माविले एक जना पनि विद्यार्थी उत्तीर्ण गराउन सकेनन् ।
दृष्टिविहीन र सुस्तश्रवण सबै उत्तीर्ण
पोखराको अमरसिंह उच्च माविबाट एसएलसी दिएका सबै ८ दृष्टिविहीन उत्तीर्ण भएका छन् । उनीहरूमध्ये ७ पहिलो र १ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका शिक्षक नीराजन लोहनीले बताए । त्यसैगरी सिर्जना बहिरा मावि लेखनाथबाट परीक्षा दिएका १२ जना बहिरा विद्यार्थीमध्ये ४ जना पहिलो र ८ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् ।
source : ekantipur.com

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...