Skip to main content

कसरी भयो भक्तपुर उत्कृष्ट


slc

भक्तपुर,  ११ असार - एसएलसीमा कडाई गरेको भन्दै भक्तपुरका शिक्षा अधिकारी रमाकान्त शर्माको निजी विद्यालय सञ्चालकले बिरोध गरे । उनी सहभागी कार्यक्रममा उपस्थित नहुने बिराधपत्र जारी गरे । निजी विद्यालयको बिरोधलाई शिक्षा विभागले समेत साथ दियो । शुल्क सम्बन्धि विद्यालयका साहुसंगको बैठकमा शर्मालाई राखे सहभागी नहुने अडान लिएपछि विभागले उनलाई राखेनन् । शर्माको बिरोध गर्नुको एउटै कारण थियो-'एसएलसीमा चोर्न नदिनु । कडाई गर्नु ।' शर्माको सरुवा गर्न विद्यालय सञ्चालकहरुले शिक्षा मन्त्री, सचिव, विभागका महानिर्देशक र क्षेत्रीय निर्देशकलाई समेत हार गुहार गरे । उनलाई सरुवा गर्ने तयारी समेत गरे ।
अहिले पनि शर्माको कामको चर्चा सुरु भएको छ । ७४ जिल्लालाई पछि पार्दै भक्तपुरले यसपालीको एसएलसीमा ८७.७४ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएपछि सबैले उनको प्रशंसा गर्न थालेका छन् । च्यामासिंह स्थित बागेश्वर उच्च माध्यमिक विद्यालयका विज्ञान शिक्षक उकेश सुवालकी छोरी आयुसा सुवालले यही विद्यालय पढेर यसपालीको एसएलसीमा ९२.३७ प्रतिशत ल्याएकी छिन् ।
गत वर्षको भन्दा तीन प्रतिशत बढी र सबै जिल्लालाई त्यतिकै उछिनेको होइन । यो नतिजा ल्याउन धेरै प्रयास भएका छन् । जब उनी चितवनबाट भक्तपुरको शिक्षा अधिकारीमा सरुवा भए । अनि उनले खस्किएको सामुदायिक विद्यालयको सुधार्न लागि परे । 'सफल नेृतत्व भएकै कारण नतिजा राम्रो भएको हो,'बागेश्वरी उच्च माध्यमिक विद्यालयका प्राधानाध्यापक कृष्णप्रसाद धन्छाले भने,'यसलाई निरन्तरता राख्नु सबैको दायित्व हुनेछ ।' सामुदायिक विद्यालय सुधार गर्न प्रधानाध्यापकको ३१ बुँदे घोषणापत्रले सहयोग गरेको उनले बताए । यो घोषणा पत्रमा १० देखि ४ बजेसम्म विद्यालय खोल्ने, स्थानीय विदा कटाउने लगायतका प्रतिबद्धता जनाएका थिए  ।
गत वर्षको एसएलसी नतिजा लगतै जिल्लाका सवै माविका प्रधानाध्यापक, शिक्षाविद्, शिक्षा समितिका पदाधिकारी समेतलाई राखेर ३१ बुदे प्रतिबद्धता पत्र जारी गरेको थियो । प्रतिवद्धता पत्रमा यसपाली ८८ प्रतिशत अंक ल्याउने लक्ष्य निर्धारण गरिएको थियो ।
नतिजा लगतै सवै विद्यालयलाई चार किसिमको पत्र पठाइएको थियो । जिल्लाको औसत नतिजा भन्दा माथि ल्याउनेलाई बधाइ,  कम ल्याउनेलाई के कारणले जिल्लाको औसतभन्दा कम भयो सरोकारवालासंग छलफल गर्न भनिएको थियो । राष्ट्रको औसत भन्दा पनि कम ल्याउनेलाई किन कम भएको हो ? स्पस्टिकरण पेस गर्ने र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावकसंघ, शिक्षक र अभिभावक समेत बसेर कसले के गर्ने ? भुमिका सहितको कार्ययोजना निर्माण गरी कार्यान्वय गर्ने भनिएको थियो ।  यस्तो कार्ययोजना शिक्षा कार्यालयमा पठाउन भनिएको थियो । १५ प्रतिशत भन्दा कम ल्यउनेलाइ किन कारवाही नगर्ने भनि स्पस्टिकरण सोधिएको थियो ।
सामुदायिक विद्यालयका कक्षा १० का विद्यार्थीसंग शिक्षा अधिकारीले भेटेर छलफल र परामर्श गरेका थिए । शिक्षा दिवसमा विद्यालयले प्राप्त गरेको नतिजाको आधारमा विद्यालय र बिषयगत शिक्षकलाई पुरस्कृत गर्ने परिपाटीको सुरुवात गरेका थिए । कमजोर नतिजा ल्याउने विद्यालयमा शिक्षा अधिकारी समेतको टोलीले शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाको बैठक राखेर सुधारको पहल गरिएको थियो । त्यस्तै शुक्रबार पनि चार बजेसम्म अनिवार्य पढाउनु पर्ने व्यवस्था गरेको थियो ।
'अनुगमनलाई पनि प्रभावकारी पारिएको थियो,'शिक्षा अधिकारी शर्माले भने,'म आफै कहिले १० बजे, कहिले पौने चार बजे विद्यालय पुगेर अनुगन गरे ।' यति मात्रै होइन, विद्यालयको नतिजालाई उनले आफनो कार्यकक्षमा राखेर सरोकारवाला र शिक्षकसंग छलफल गरेका थिए । विद्यालयलाई प्रदान गर्ने सुविधामा पनि नतिजालाई आधार लिएको उनले बताए ।
Source: http://www.ekantipur.com/np

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...