Skip to main content

विद्यालय पुन निर्माणका लागि तिमिल्सिना परिवारद्धारा चालिस हजार प्रदान


भूमिराज शर्मा
पर्वत, २२ जेठ
संकटको बेला अरुको मुख ताक्नुभन्दा आफै अगाडि सरेर संकटको सामना गर्नुुपर्छ भन्ने सन्देश यहाँको एक तिमिल्सिना परिवारले दिएको छ । महाभुकम्पले आफ्नै घर चर्किएको भए पनि त्यो भन्दा बढी पीडा गाउँको स्कुल भत्किएकोमा आफूहरुलाई भएको भन्दै  बैशाख १२ गतेको महाभुकम्पले क्षतिग्रस्त भएको जिल्लाको देउपुर गाविसमा रहेको जननेत्र उमाविलाई उक्त परिवारले चालिस हजार एक सय एक रुपैया आर्थिक सहयोग गरेको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सो गाविसको वडा नं ६ निवासी आनन्द पाध्या तिमिल्सिनाको परिवारले उक्त रकम बराबरको चेक प्रदान गरेको हो ।

बिनासकारी महाभुकम्पले विद्यालयका दूई वटा भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त भएपछि पठनपाठनमा असहज अवस्था सिर्जना भएको देखेर पुननिर्माणको लागि सहयोग पुर्याउने उद्धेश्यले उक्त रकम प्रदान गरेको स्थानीय समाजसेवी एवं शिक्षापे्रमी आनन्द पाध्याले बताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सो परिवारका सदस्य एवं विद्यालयका भूतपूर्व विद्यार्थी यज्ञश्वर तिमिल्सिनाले क्षतिग्रस्त विद्यालय पुननिर्माणको लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बेला आएको बिचार व्यक्त गर्नुभयो ।
 भुकम्पले कक्षा ७ देखि १० सम्मका बिद्यार्थीहरुले अध्ययन गर्ने कक्षाकोठाहरु भत्काइदिएपछि अहिले उच्चमाविका कक्षाकोठाहरुमा पठनपाठन संचालन भइरहेको छ भने पुस्तकालयमा समेत लगेर बिद्यार्थीहरुलाई पढाउनु परेको प्राचार्य दिपक शर्माले जानकारी दिनु भयो  । उमाविको कक्षा शुरु भएपछि बिद्यार्थीलाई पढाउने कक्षाकोठा नभएकोले तत्काल पुननिर्माणको लागि सहयोग गरिदिन सबै पक्षहरुसँग अनुरोध गरिएको विव्यस अध्यक्ष कृष्ण बहादुर गुरुङले बताउनु भयो ।

सहयोगका लागि देश बिदेशबाट केही आश्वासन प्राप्त भएता पनि हालसम्म विद्यालयले स्थापना गरेको राहत कोषमा पचास हजार रुपैयाँ नगद र छ बण्डल जस्ता पाता मात्र जम्मा भएको छ । यसअघि राहत कोषमा बिद्यालयका भुपू बिद्यार्थी दया चापागाईले पाँच हजार र भीम प्रसाद चापागाईले पाँच हजार एक सय रुपैया जम्मा गरिसक्नु भएको छ भने भेरासोल हाउजिङ कमपनी पोखराले छ बण्डल जस्ता पाता उपलब्ध गराइसकेको छ ।   

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...