Skip to main content

प्रधानमन्त्रीले निर्देशन दिएपछि शिक्षा मन्त्रालय तात्तियो


प्रधानमन्त्रीले निर्देशन दिएपछि मन्त्रालय तात्तियो


काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले अस्थायी शिक्षकका समस्या समाधान गर्न निर्देशन दिएपछि शिक्षा मन्त्रालयले त्यस कार्यमा पहल सुरु गरेको छ ।

केही दिनअघि नेपाल शिक्षक संघका पदाधिकारीहरुले प्रधानमन्त्री कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा गई भेटेका थिए । प्रधानमन्त्रीले तत्काल अर्थमन्त्री, शिक्षामन्त्री तथा सञ्चारमन्त्रीसँग कुरा गरी अस्थायी शिक्षकका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले निवासमा नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुलाई बोलाउन लगाइ अस्थायी शिक्षकका समस्या समाधान गर्ने कार्यमा नेतृत्व लिन निर्देशन दिनुभएको थियो । बडुले आफूले त्यस कार्यका लागि नेतृत्व लिन तयार भएको जनाउ दिनुभएको थियो ।

त्यहाँ शिक्षामन्त्री चित्रलेखा यादवलाई पनि बोलाइएको थियो तर उहाँले आफू कार्य व्यवस्ताका कारण आउन नसक्ने बताउँदै अस्थायीका माग सम्बोधन गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीले पुराना शिक्षकलाई गोल्डेन हेन्डसेक दिएर बिदा गर्ने, खाली स्थानमा आन्तरिक प्रतिस्पर्धाबाट अस्थायी शिक्षकलाई मौका दिने र आगामी वर्षबाट अस्थायीको समस्या नराख्ने गरी सबैका लागि खुला प्रतिस्पर्धाका माध्यमबाट शिक्षक पदपूर्ति गर्नेमा आफू पनि सहमत भएको भन्दै सोही अनुरुपको अध्यादेश ल्याउन शिक्षामन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

नेपाल शिक्षक संघका महासचिव राजेन्द्रराज पौडेलले प्रधानमन्त्री कोइरालाले आफूहरुको समस्या बुझेको र सोही अनुरुप पहल गर्नुभएको भन्दै अब छिटै समस्या समाधान हुने आशा पलाएको बताउनुभयो । उहाँले अध्यादेशमार्फत अस्थायी शिक्षकको समस्या समाधान हुने बताउनुभयो ।

उता शिक्षा मन्त्रालयले यस बारेमा छलफल सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले त्यस्ता शिक्षकको समस्या समाधान गर्न मन्त्रीहरुको तहमा कुराकानी भइरहेको बताउँदै त्यस्ता शिक्षकलाई कुन ढाँचा अपनाएर आर्थिक सुविधाको प्याकेज दिएर अवकास दिने भन्ने विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो ।

अस्थायी शिक्षक संघर्ष समितिका महासचिव नारायण गौतमले प्रधानमन्त्रीको पहलले आफूहरुलाई उत्साह थपेको बताउँदै अध्यादेशबाट आफूहरुको माग सम्बोधन गर्नैपर्ने धारणा व्यक्त गर्नुभयो । 

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...