धौलागिरीका चारै जिल्लाको एसएसलसी नतिजाको अबस्था यस्तो छ ।
पर्वतमा ४७ दशमलव ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३ हजार ३८ मध्ये १ हजार ४ सय ५२ विद्यार्थी पास भएको शिक्षा कार्यालयले जनाएको छ । गत वर्ष ४३ प्रतिशतमात्रै उत्तीर्ण भएका थिए । कार्यालयका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार १ सय २ विशिष्ट, ४ सय ९० प्रथम, ८ सय २ दोस्रो र ५८ जना तेस्रो श्रेणीमा पास भएका छन् ।
बागलुङमा नियमिततर्फ ४० दशमलव ३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाका ५ हजार २९ जनाले दिएको परीक्षामा २ हजार ३१ उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खेमप्रसाद आचार्यले बताए । विशिष्ट श्रेणीमा ९७, प्रथम श्रेणीमा ७ सय ४१, द्वितीय श्रेणीमा १ हजार १ सय ३२ र तृतीय श्रेणीमा ६१ जना उत्तीर्ण भएका हुन् ।
म्याग्दीमा ६४ दशमलव १६ प्रतिशत उत्तीर्ण भएका छन् । शिक्षा कार्यालयका अनुसार २ हजार २ सय ३५ मध्ये विशिष्ट श्रेणीमा ६३, प्रथम श्रेष्णीमा ५ सय ६३, द्वितीयमा ७ सय ९४ र तृतीय श्रेणीमा १४ जनासहित १ हजार ४ सय ३४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
मुस्ताङका विद्यार्थीको प्रयोगात्मक अंक समावेश नगरिदिएकाले उनीहरूको परीक्षाफल स्थगित भएको छ। शिक्षा कार्यालय मुस्ताङका अनुसार ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको अनौपचारिक जानकारी छ । प्रयोगात्मक अंक प्रविष्ट नहुँदा उत्तीर्ण भएका भनिएका विद्यार्थीको पनि श्रेणी पनि खुलेको छैन ।