बेइजिङ, २५ जेठ । चीनमा निकै महत्वपूर्ण ठानिएको कलेज प्रवेश परीक्षामा नक्कल नियन्त्रण गर्न अधिकारीहरूले छवटा पङ्खा भएको ‘ड्रोन’ उपयोग गरेका छन् ।
चीनको मध्यभागमा रहेको हेनान प्रान्तको लुयाङ नगरका दुई परीक्षा केन्द्रमा वार्षिक रूपमा लिइने यस परीक्षामा विद्यार्थीले कक्षा हलमा गैरकानुनी रूपमा लगेका उपकरणमा असमान्य सङ्केत आएको पत्ता लगाउन ड्रोन उपयोग गरिएको छ । आइतबार सञ्चालन भएको पहिलो दिनको परीक्षामा यस प्रकारको कुनै सङ्केत फेला नपरेको हेनान प्रान्तको नयाँ वेबसाइटमा उल्लेख गरिएको छ ।
यस्ता ड्रोनको लागत लाखौँ युआन पर्छ र यसलाई खोल्दा एउटा ग्यास स्टेसन जस्तो देखिन्छ । उक्त जानकारी लुयाङको रेडियो सुपरिवेक्षण तथा नियमन केन्द्रका लान झिगाङले दिएका हुन् ।
उनले अग्ला भवनले ढाकेको यस क्षेत्रमा जमिनमा रहेका यन्त्रबाट दिइने सङ्केत फेला पार्न कठिनाइ भएको तर ड्रोनलाई ५०० मिटरमाथि उडाउँदा यस प्रकारका सङ्केत सजिलै पत्ता लगाउन सकिने बताए ।
चीनमा विद्यालय शिक्षा पूरा गरेका सबै विद्यार्थीले विश्वविद्यालय प्रवेश गर्न यस्तो परीक्षा उत्तीर्ण गर्नैपर्छ । आइतबार आरम्भ भएको परीक्षामा ९० लाख विद्यार्थी सहभागी भएका छन् । राम्रो विश्वविद्यालयमा स्थान पाउन राम्रो अङ्क प्राप्त गर्नुपर्छ ।
यो परीक्षा उत्तीर्ण गर्न विद्यार्थीले महिनौँदेखि निकै पढ्ने गर्छन् । विद्यार्थीका आमाबाबु पनि उनीहरूसँगै दुई देखि तीन दिनसम्म परीक्षा हुने केन्द्रनजिकै बस्ने गर्छन् । यस परीक्षामा अनुत्तीर्ण हुनेले एक वर्ष दोहो¥याउनुपर्छ होइन भने उनीहरूले सानातिना जागिरमै चित्त बुझाउनुपर्छ ।
परीक्षामा नक्कल गर्ने अनेकौँ उपाय देखिएको छ । सामान्यया पहिले नै तयार गरिएको उत्तर बिक्री गर्ने, परीक्षा दिन अर्को व्यक्तिको व्यवस्था गर्ने वा परीक्षामा सञ्चार उपकरण उपयोग गर्ने विधि पनि उपयोग भएका छन् ।
शिक्षा मन्त्रालयले शनिबार गत मे देखि यस्तो कार्यमा लागेका २३ व्यक्ति पक्राउ गरिएको जानकारी दिएको छ । नक्कल गरेको फेला परे विद्यार्थीले आउँदो तीन वर्षसम्म परीक्षामा प्रवेश गर्न पाउँदैन । रासस/एपी