Skip to main content

शिक्षक सेवा आयोगद्वारा केन्द्र निर्धारण (केन्द्र सहित)

भक्तपुर ११ असार / शिक्षक सेवा आयोगले परीक्षा केन्द्र निर्धारण गरेको छ । असार २५ गतेबाट हुने माध्यामिक तहको परीक्षाका लागि १ सय ७१ केन्द्र निर्धारण गरिएको छ । असार २६ गते हुने निम्न माविका लागि ४ सय ५५ केन्द्र निर्धारण गरिएको छ ।  माध्यमिकका लागि पूर्वाञ्चलमा ३८, मध्यमाञ्चलमा ५१, पश्चिमाञ्चलमा ३८, मध्य पश्चिममा २२ र सूदूर पश्चिममा २२ केन्द्र तय गरिएको आयोगले जनाएको छ । 
माध्यमिकमा ४४ हजार १ सय २४ उम्मेद्वारले परीक्षा दिदैं छन् । जस अनुसार पूर्वाञ्चलमा ८ हजार ९ सय ६१, मध्यमाञ्चलमा १२ हजार ७ सय ३०, पश्चिमाञ्चलमा ११ हजार ६ सय ३५, मध्य पश्चिममा ५ हजार ५ सय ८१ र सुदुर पश्चिममा ५ हजार १ सय १७ परीक्षार्थी रहेको आयोगले जनाएको छ । परीक्षा विहान ८ बजेबाट हुने छ । 
यस्तै निम्नमाध्यमिक तह तर्फ १ लाख १८ हजार २ सय ६१ परीक्षार्थी सहभागि हुदैं छन् । पूर्वाञ्चलमा १ सय ६, मध्यमाञ्चलमा १ सय १८, पश्चिमाञ्चलमा ९९, मध्य पश्चिममा ७९ र सुदुर पश्चिममा ५३ केन्द्र तय गरिएको आयोगले जनाएको छ । पूर्वाञ्चलमा २५ हजार ७ सय १२, मध्य पश्चिममा २९ हजार ६ सय ५, पश्चिमाञ्चलमा २९ हजार ९ सय २८, मध्य पश्चिममा २० हजार १ सय ६५ र सुदुर पश्चिममा १२ हजार ८ सय ५१ जना परीक्षार्थी छन् । 
यस अघि विहान ८ बजे हुने भनिएको निम्न माध्यामिकको परीक्षा लोक सेवा आयोग संग परीक्षा जुधेको भन्दै विहान ११ बजेका लागि सारिएको आयोगले जनाएको छ ।  
असार ११ र १२ गते तय भएको परीक्षा भूकम्पका कारण पछि सरेको हो ।
परीक्षा केन्द्र निम्नानुसार कायम गरिएको छ : 

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...