Skip to main content

संघियता के हाे ?

एकात्मक सरकार (unitary government) को शक्ति केन्द्रमा निहित हुन्छ भने संघात्मक सरकार (Federal government) मा शक्ति केन्द्र र प्रान्तको बिचमा विभाजित हुन्छ । संघिय व्यवस्थामा केन्द्र र प्रांतमा आ-आफ्नो क्षेत्र भित्र आ-आफ्नै सरकार, विधान र अधिकार रहने गर्दछन् । तसर्थ यस व्यवस्थालाई दोहोरो शासन व्यवस्था पनि भनिन्छ । खास गरी संघिय व्यवस्थामा कठोर लिखित विधानको प्रयोग गरिन्छ ताकि एकअर्काको क्षेत्रमा कसैले हस्त्क्षेप गर्न नसकोस् । अर्को महत्वपूर्ण कुरा संघात्मक सरकार व्यवस्थामा सार्वभौमसत्ता (Sovereignty) पनि केन्द्रिय र प्रांतिय शासनमा विभाजित हुन्छ ।
संघात्मक व्यवस्थाको स्थापना त्यहाँ हुन सक्छ जहाँ कैयौं संख्यामा स्वतन्त्र राष्ट्रहरु हुन्छन् । यस्ता स्वतन्त्र राष्ट्रहरुले आफ्नो अस्तित्व लोप नहुने गरी केही अधिकार नयाँ सरकारलाई प्रदान गर्दछन् जसको जिम्मामा सम्पुर्ण देशको शासन सञ्चालन हुन्छ । संघात्मक सरकारमा केन्द्रिय सरकारले देशसँग सम्बन्धित कार्यमात्र गर्दछ भने साधारण कार्यहरु स्थानीय एकाई आफैले गर्दछन् । दोहोरो शासन प्रणाली अपनाइने हुदा केन्द्र र प्रांतमा छुट्टाछुट्टै किसिमका व्यवस्थापिका (Legistative), कार्यपालिका (Executive) र न्यायपालिका (Judiciary) प्रयोग गरिन्छन् । प्राचीन कालमा राजनीति शास्त्रका पिता अरस्तुले पनि शक्ति पृथक्करणको सिद्धान्त अनुरुप शासन शक्तिलाई यीनै 3 भागमा विभाजन गरेको पाईन्छ । India, Canada, Russia, Switzerland, America आदि संघात्मक व्यवस्था भएका देशहरु हुन् ।
राजनैतिक शास्त्रका विद्धान् प्रो. डायसीका विचारमा संघिय व्यवस्था एक राजनैतिक सुविधा मात्र हो जसको उद्देश्य राष्ट्रिय एकता तथा राज्य अधिकारको समन्वय स्थापित गर्ने हुन्छ । त्यस्तै अर्का राजनैतिक शास्त्रका विद्धान मण्टेस्क्युको विचारमा यस किसिमको सरकार एक सम्झौता मात्र हो जस अनुसार स-साना स्वतन्त्र राष्ट्रहरु आफ्नो चाहेको ठुलो अंगको सदस्य बन्न स्विकार गर्दछन् ।
ईतिहासमा कुनै समय सामन्तवादको प्रथा त कहिले निरंकुश प्रथाको प्रवाह थियो तर आधुनिक कालमा संघिय व्यवस्था लोकप्रिय र प्रचलित छ । जब हामी भुत बाट भविश्यतिर हेर्दछौं, शासन स्वरुप व्यवस्थाको सम्भावना संघियतातिर भएको अनुमान लगाउन सक्छौँ । आज यसको लोकप्रियता देखेर केही विद्धानहरु विश्व संघको कल्पना गर्न थालेका छन् ।
वास्तवमा संघिय व्यवस्था सम्झौताको नतिजा मात्र हो यो कुनै विकासको परिणाम होइन । एकात्मक सरकारको सार एकता हो भने संघात्मक सरकारको सार सङ्गठन हो ।
संघात्मक सरकारका गुणहरु (Marits of federal government):
सुरक्षाको हिसावले प्रभावकारी, विविधतामा एकता, राष्ट्रिय एकता सबल, वहुविविधता युत्त ठुला देशको लागि उपयुक्त, दोहोरो शासन प्रणालीको कारण व्यापक जनसहभागिता र जनताको जागरुकता, केन्द्रिय सरकारलाई प्रशासनिक कार्य भार कम, प्रशासनिक कुशलता, सुशासन, जवाफदेही सरकार, निरंकुशताको अभाव, स्रोत र साधनको उच्चतम प्रयोग, मानव अधिकार तथा नागरिक स्वतन्त्रताको रक्षा हुने आदि ।
दोषहरु (Demerits):
कमजोर सरकार, प्रशासनिक झन्झट, एकरुपताको कमि, देशलाई आर्थिक बोझ, साना मुलुकको लागि अनुपयुक्त, संवैधानिक संकट पर्ने, दोहोरो नागरिकता, उत्तरदायित्व विभाजित, शासनमा गतिरोध, गृह युद्ध र संघर्षमा वृद्धि, आन्तरिक र परराष्ट्र नीतिमा समस्या आदि ॥
नेपाल जस्तो मुलुकमा संघियताको आवश्यकता र प्रभावकारिताको विषयमा विभिन्न राजनैतिक तथा कानुन विदहरले अध्ययन अनुसन्धान गरेका नै होलान् । पहिलो संविधान सभाले संविधाननै जारि नगरी अवसान हुनुमा यस विषयको ठुलो भूमिका छ । पुन: दोस्रो संविधान सभामा समेत संविधान जारि गर्ने दिन नजिकिदै गर्दा संघियता मुख्य विवादको विषय बनेको छ । आशा गरौं, यस विषयमा छिटै सहमति भई निर्धारित समय भित्रै जनभावना अनुसारको संविधान नेपालले पाओस् र एउटा निकास पाई देश विकासको पथमा अगाडी बढोस्॥॥

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...