Skip to main content

रोपाई छोडेर श्रम शिविरमा अभिभावकहरु



पर्वत, १० श्रावण
मानो रोपेर मुरी उब्जाउने समयमा यहाँको एक गाउँका बासिन्दाहरु गल, गैची र बेल्चा बोकेर विद्यालय जान थालेका छन् ।  गत बैशाख १२ र २९ गते गएको महाभुकम्पले क्षतिग्रस्त भएको जिल्लाको देउपुर गाविसमा रहेको जननेत्र उमाविका भवनहरु पुन निर्माणका लागि स्थानीय बासिन्दा र अभिभावकहरु लगातार चार दिनदेखि श्रमदानमा जुटेका हुन् । बर्षे बिदापछि विद्यालय खुले पनि विद्यार्थीहरु बस्ने कक्षाकोठाको अभाव भएपछि भवन पुन निर्माणको लागि अभिभावकहरु पालो लगाएर श्रमदानका लागि विद्यालय आउन थालेका छन् । दैनिक पचास जना भन्दा बढी अभिभाबक र स्थानीय बासिन्दाहरु श्रमका लागि आउने गरेको विद्यालय पुननिर्माण समितिका संयोजक अमृत प्रसाद चापागाईले जानकारी दिनुभयो ।  छिटो भन्दा छिटो कक्षाकोठाहरु पुन निर्माण गरी पठन पाठनलाई सहज बनाउने लक्ष्यका साथ काम भइरहेको चापागाईले बताउनु भयो । 

भुकम्पले विद्यालयका दुई ओटा भवन पूर्ण रुपले क्षतिग्रस्त भएका कारण कक्षाकोठाहरुको अभाव भएपछि विद्यालयले उमावि तहको भवनमा मावि तहका कक्षाहरु संचालन गर्दै आइरहेको थियो । तर साउन देखि उमावि तहका कक्षाहरु पनि  तुरुन्त संचालन गर्नु पर्नेमा पर्याप्त कक्षाकोठाहरुको अभावमा सो तहको पठनपाठन सुचारु गर्न कठिन भैरहेको विद्यालयका प्राचार्य दिपक शर्माले बताउनु भयो ।

भुकम्पले क्षति पुर्याएका भवनहरुको पुननिर्माणका लागि सबै सरोकारवालाहरुसँग अनुरोध गरिएको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङले   सो कार्यमा भुतपूर्व बिद्यार्थी र अभिभावक एवं स्थानीय बासिन्दाहरुले देखाएको  उत्साहजनक सक्रिय सहभागिताले विद्यालय भवनहरुको पुननिर्माण कार्य छिट्टै  सुसम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । दुई ओटा भवनहरु पुननिर्माणको लागि हाल अमेरिकामा अध्ययनरत भुतपूर्व विद्यार्थी दिपेन्द्र चापागाईको सक्रियतामा आर्थिक, प्राविधिक  र भौतिक सहयोग जुटाई निर्माण कार्य  शुरु भैरहेको विद्यालयले जनाएको छ ।  


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...