Skip to main content

विभाग सहित शिक्षाका विभिन्न निकायहरुमा तालाबन्दी



काठमाडौं १२ साउन / विभिन्न माग सहित आन्दोलनमा उत्रिएको विप्लव समूह निकट अखिल क्रान्तिकारीले शिक्षा विभाग सहित शिक्षाका विभिन्न निकायहरुमा तालाबन्दी गरेको छ । विभागका महानिर्देशक, उच्च माध्यामिक शिक्षा परिषदका उपाध्यक्ष, जिल्ला शिक्षा अधिकारीको कार्यकक्ष सहित नीजि विद्यालय सञ्चालकहरुको संस्था हिसान र प्याब्सनको  कार्यालयमा  तालाबन्दी गरिएको छ ।
सहमती कार्यान्वयनका लागि पटक पटक ध्यानाकर्षण सहित सचेत पत्र बुझाउँदा समेत वास्ता नभएपछि बाध्य भएर तालाबन्दी गरेको क्रान्तिकारीका अध्यक्ष शरद रसाईलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  
शुल्क लगायत विगतमा भएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै गरिएको तालाबन्दी माग पुरा नभएसम्म जारी रहने सचिव एवं प्रचार विभाग संयोजक सन्तोष कोइरालाले बताए ।
क्रान्तिकारीका मागहरु :
१.२०७२ वैशाष ६ गते भएको एकलौटी र गैह्रकानुनी ढंगले वृद्धि गरीएको शुल्क फिर्ता लगायतको १० बुँदे सहमति तुरुन्त कार्यान्वयन गर्नुपर्ने ।
२.शिक्षण संस्थाको विदेशीनाम परिवर्तन र उच्चमा.वि. मा २ अंकको छात्रवृत्ति लागु गर्ने लगायतका सहमतिहरु कार्यान्वयन गर्नुपर्ने । 
३.भूकम्पका बेला पठन पाठन नभएको समयको १५ दिनको शुल्क छुट गर्ने निर्णय कार्यान्वयन भए नभएको अनुगमन गरी सरकारको निर्देशन र भएको सहमति पालना नगर्ने शिक्षण संस्थालाई कारवाही गर्नुपर्ने । 
४.विना ईजाजत, मापदण्ड विपरीत हेपाहा प्रवृत्तिबाट संचालित विदेशी विद्यालयहरु खारेज गर्नुपर्ने । 
५.कक्षा ११ र १२ मा विभिन्न शिर्षकमा वढि शुल्क लिने विद्यालयहरुलाई कारबाही गरी शुल्कको सिलिङ्ग तोक्नु पर्ने  । 
६.शैक्षिक माफियाहरुको गलत स्वार्थसंग सचेत हुँदै कक्षा ११ र १२ मा प्राविधिक शिक्षाको पठन–पाठनलाई यसै बर्षदेखि व्यवस्थित ढंगले सर्वसुलभ रुपमा लागु गर्नुपर्ने । 
- See more at: http://www.edukhabar.com/index.php/student/2051-2015-07-28-09-56-56#sthash.tvvJdDnr.dpuf

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...