Skip to main content

भक्तपुरमा ३० शिक्षकलाई घटुवा

भक्तपुर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले आफनो पद छाडेर माथिल्लो पदमा बढुवा भएका ३० जना शिक्षकलाई तल्लो पदमा फिर्ता गरेको छ ।
निमावि तहबाट माविमा अस्थायि बढुवा भएका चार जना, प्राविबाट मावि तहमा बढुवा हुने १० जना, प्रावि तहबाट निमा वि तहमा गएका १६ जनालाई आफनै पदमा झारेको हो ।
तल्लो तहमा स्थायी भई माथिल्लो तहमा स्थायी बढुवा भएका थिए । उनीहरुले आफनो पदमा लियन शिक्षक राखेका थिए । माथिल्ला पदमा गएका शिक्षक फर्केपछि स्वतः बाहिरिने गरी नियुक्ति भएका हुन्छन ।
मन्त्रालयले लियन राखेर माथिल्लो पदमा कार्यरत शिक्षकलाई पुरानै पदमै फिर्ता गर्न साउन मसान्तको समयअवधि दिएको थियो ।
त्यस्तै कार्यालयले शिक्षा विभागको निर्देशन अनुसार एक स्रोत केन्द्रमा तीन बर्ष काम गरेका स्रोत व्यक्तिलाई पनि अन्तरजिल्ला सरुवा गरिएको शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।कान्तिपुरमा खवर छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...