Skip to main content

शिक्षक दरबन्दी वितरण नभएकोमा आलोचना



काठमाडौं ६ भदौ / उच्च माध्यमिक शिक्षा परिषद्को, परिषद् बैठकमा सरकारले कायम गरेको दरबन्दी वितरण हुन नसकेको बारे आलोचना भएको छ । आईतबार शिक्षा मन्त्रालयमा बसेको २४ औं बैठकमा बोल्ने सभासद् एवं परिषद् सदस्यहरुले तयार कार्यक्रम समेत लागू गर्न नसकेको भन्दै मन्त्रालय र परिषद्को आलोचना गरेका हुन् । गत बर्षको बजेटमै उल्लेख भएको २ हजार शिक्षक दरबन्दी दिने ब्यवस्था कार्यान्वयन नहुँदा ७३ करोड २६ लाख ३० हजार रुपैंया फ्रिज भएको छ ।
अहिले सम्म धनकुटा र चितवनमा मात्रै उक्त कोटा वितरण गरिए पनि अन्य जिल्लामा वितरण नगर्दा यो बर्षको साउन महिनाको तलव समेत फ्रिज भईसकेको छ ।
उच्चमाध्यमिक शिक्षक एसोसिएसन नेपाल का अध्यक्ष दीपक सुवेदीले शिक्षक ब्यवस्थापन विना गुणस्तरीय शिक्षाको कल्पना गर्न नसकिने भन्दै परिषद् बैठकमा आफूले यही मुद्धालाई प्राथमिकता दिएको बताए । उक्त दरबन्दी तुरुन्त लागू गर्न र अहिले कायम ४ हजार अनुदान कोटालाई पनि दरबन्दी मै मिलान गर्नु पर्ने उनको सुझाव छ ।
बैठक पछि  परिषद् उपाध्यक्ष चैतन्य शर्माले शिक्षकको मुद्धा बारेमा परिषद् ज्यादै गम्भिर भएको बताए । यो बर्षका लागि तय नीतिगत सुधार संगै शिक्षक ब्यवस्थापन मुख्य एजेण्डामा रहने उनको भनाई छ । नीयमनको काम बलियो बनाउने हाम्रो योजना छ उनले भने रोगी उच्च माविहरुको स्तर बृद्धि गर्ने र गर्नै नसक्ने अवस्थाका भएको ठहर भएका मर्ज गर्ने छौं । 
बजेट पास
परिषद् बैठकले आगामी बर्षको बजेट पास गरेको छ । आईतबार बसेको २४ औं बैठकले १ अर्ब ३९ करोड २४ लाख ८० हजार २ सय ७४ रुपैंया १२ पैसाको बजेट पास गरेको हो ।
यो मध्ये १ करोड २० लाख सरकारबाट र बाँकी रकम परिाष्द्को आन्तरिक श्रोतबाट उठाउने लक्ष्य छ । गत बर्ष परिषद्को बजेट ८९ करोड थियो ।
आउँदो बर्षको योजना
परिषद्ले आउँदो बर्षलाई पाठ्यक्रम बर्षका रुपमा मनाउने भएको छ । यसै बर्षबाट शुरु हुन लागेको प्राविधिक धार तर्फको पठन पाठन लक्षित पाठ्यक्रम तयार भईसकेको अवस्थामा यसैबाट पाठ्यक्रम बर्ष शुरु भएको शर्माले बताए ।
यसैगरी कर्मचारीको क्षमता विस्तार, नियमनको संयन्त्र बलियो बनाउने लगायतका विषयमा केन्द्रित हुने उनको भनाई छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...