काठमाडौँ । शिक्षा मन्त्रालयले लियन राखेर माथिल्लो पदमा कार्यरत शिक्षकलाई पुरानै पदमै फिर्ता हुन दिएको समयावधि आज सकिदैछ ।
मन्त्रालयले साउन मसान्तसम्ममा माथिल्लो पदमा कार्यरत भई आफ्नो दरबन्दीमा लियन शिक्षकलाई राखेको भए हटाउने निर्णय गरेको थियो ।
मन्त्रालयको सो निर्णय हाललाई स्थगन भएको शिक्षक वृत्तमा प्रचार पनि गरिएको छ । तर मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले निर्णय फिर्ता नभएको स्पष्ट गर्दै भन्नुभयो, “लियन शिक्षकलाई मानवीय रुपमा सकभर विस्थापित नगर्न भनेका छौँ । विस्थापित हुनै पर्ने अवस्था आएमा हट्नुपर्ने हुन्छ ।”
source:educationkhabar.com