Skip to main content

विद्यार्थीलाई शैक्षिक सामाग्री बाडेर जन्मदिन मनाइयो

पर्वत, २०७२ माघ १४ । आफ्नो जन्मदिनलाई भोजभतेर गरेर मनाउने संस्कारको अन्त्य गर्दै पर्वतका एक युवाले आफ्नो जन्मदिनमा ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि बितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । मुडिकुवा ६ सिर्सुवामा २०४५ सालमा जन्मिएर विगत केहि वर्षदेखि सदरमुकाम कुस्मामा बस्दै आइरहेका अच्यूत तिवारीले आफ्नो २७ औं जन्म दिन बालबालिकाहरुलाई शैक्षिक सामाग्रि हस्तान्तरण गरेर मनाएका हुन् । आफ्नो जन्मगाउँकै मुडिकुवा ७ चुरीमा रहेको बाल प्राथमिक विद्यालयमा अध्ययनरत ३६ जना बालबालिकाहरुलाई करिव ५० हजार बराबरका शैक्षिक सामाग्रि हस्तान्तरण गरेका हुन् ।
कुस्माको एकता युवा क्लवका अध्यक्ष समेत रहेका तिवारीले जन्मदिनमा गर्ने अनावश्यक खर्च जोगाएर बालबालिकाहरुलाई सहयोग गर्दा आत्मसन्तुष्टी मिलेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्राविधिक कार्यालय मुस्ताङका प्रमुख जिल्ला इन्जिनियर रबिन्द्र तिवारीले अनावश्यक खर्च गर्ने समाजका बिचमा अच्यूतले गरेको सामाजिक काम अरुका लागि समेत प्रेरणादायि भएको बताउनुभयो । तिवारीले सामाजिक काममा यूवाहरुको सक्रियताले अरु क्षेत्रमा लाग्नेहरुका लागि पनि प्रेरणा मिल्ने बताए ।
कार्यक्रमका अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक शंकरदेब गौंडेलले विद्यार्थीहरुका लागि यो अहिलेसम्मकै ठुलो सहयोग भएको भन्दै नियमित विद्यालय आउन हौसला मिल्ने बताए । शिक्षक कुलप्रसाद लामिछानेले बालबालिकाहरुका लागि गरिएको यो सहयोगले उनिहरुका पढाइमा एक वर्ष सम्म हौसला मिल्ने बताए । अकौ शिक्षक छबि तिवारीले यूवाहरुले गरेको सामाजिक काम अरु व्यक्तिहरुका लागि पनि प्रेरणादायि हुने बताएका थिए ।
कार्यक्रमका अवसरमा जिल्ला शिक्षा कार्यालयको शंकरपोखरी स्रोत केन्द्रका स्रोत व्यक्ति ढकप्रसाद तिवारी, नेपाली कांग्रेस पर्वत काठमाडौं सम्पर्क समितिका संयोजक शैलेन्द्र गौंडेल, स्थानीय समाजसेवी युवा दिनेश लामिछाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सर्वजित विश्वकर्मा, लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कुलप्रसाद तिवारीले गरेका थिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...