Skip to main content

विद्यालदयको स्वर्ण महोत्सव उद्घाटन गर्न राष्ट्रपति भण्डारी पर्वत आउने !

महेन्द्र केसी, पर्वत २०७२ माघ १४ । जिल्लाको तिलाहार गाविसका रहेको नव जागृत उच्च माध्यामिक विद्यालदयको स्वर्ण महोत्सवको उद्घाटन गर्नको लागि राष्ट्रपति विद्या देवी भण्डारी पर्वत आउने भएकी छिन् । ५० औ बर्षमा प्रवेश गरेको अबसरमा आयोजना गरीको स्वर्ण महोत्सवको फागुन १ गते हुने उद्घाटन समारोहमा भण्डारी आउने विद्यालयले विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पुष ११ गते प्रभातफेरी गरी कार्यक्रमको शुरुवात गरेको विद्यालयले स्वर्ण महोत्सवको विभिन्न कार्यक्रम गर्ने समेत जानकारी दिएको छ । पुष १५ गते देखि १८ गते सम्म जुद्धधन स्मृती क्रिकेट प्रतियोगिता आयोजना गरिएको, माघ ८ गते गाविसमा रहेका विद्यालय अन्तरगत प्रावि स्तरीय चित्रकला प्रतियोगिता, १० गते मावि र उमावि स्तरीय खुल्ला निबन्ध प्रतियोगिता, १५ गते गाविस स्तरीय अन्तर विद्यालय हस्तकला प्रतियोगिता, १६ गते साहित्यीक सम्मेलन तथा कविता प्रतियोगिता, स्रोतकेन्द्र तथा स्रोतकेन्द्र बाहिरका छिमेकी विद्यालय लाई समेती निमावि स्तरीय लोक नृत्य प्रतियोगिता, १७ गते स्रोतकेन्द्र स्तरीय मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता, २१ गते पश्चिमाञ्चल स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरेको विद्यालयका प्रचार्य विष्णुप्रसाद सुवेदीले जानकारी दिएका छन् । त्यसैगरी हाफ म्यारोथुन प्रतियोगिता र रक्तदान कार्यक्रमको, रत्यौली प्रतियोगिता, माघ २८ मा शैक्षिक प्रदर्शनी, घैटो फुटाउने र म्यूजिकल चियर प्रतियोगिता हुने विद्यालयले जनाएको छ ।
१० लाख संकलन
विद्यालयले स्वर्ण महोत्सवको आयोजना गरेसँगसँगै आर्थिक संकलन कार्यलाई समेत तिब्रता दिएको छ । विद्यालयमा स्वर्ण महोत्सव पार्क, शालिक स्थापना लगाएतका अन्य कार्य गर्नको लागि आवश्यक पर्ने आर्थिक संकलनलाई पनि निरन्तरता दिएको छ । विद्यालयले हाल सम्म करिब १० लाख आर्थिक संकलन गरेको पत्रकार संम्मेलनमा जानकारी दिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट समेत आर्थिक संकलन गर्ने कार्यलायलाई तिब्रता दिइएको र हाल सम्म १० लाख संकलन भएको विद्यालयका प्राचार्य सुवेदीले उक्त सम्मेलनमा जानकारी दिएका हुन । विद्यालयले स्वर्ण महोत्सवको अवधी भरीमा करिब २५ लाख संकलन गर्ने लक्ष्य राखेको समेत जनाएको छ ।
पश्चिमाञ्चलमै ठूलो धनराशिको भलिलबल प्रतियोगिता
पत्रकार सम्मेलनमा विद्यालयले पश्चिमाञ्चलनमा नै पहिलो पटक सवैभन्दा ठूलो धन राशिको भलिबल प्रतियोगिता हुने जनाएको छ । प्रतियोगिताको प्रथम पुरुस्कारको धनराशि १ लाख १० हजार रहेको छ भने द्धितिय १ लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजारको धनराशिको पुरुस्कार रहेको बताइएको छ । खेल पश्चिमाञ्चलमा रहेका १६ जिल्लामा मात्रै हुनेछ भने उक्त खेलमा विभागीय टोली समावेश नहुने बताइएको छ । खेलमा राष्ट्रिय तथा क्षेत्रीय खेलाडी समावेश हुन सक्ने तर सम्बन्धीत जिल्लाको मात्र हुनुपर्ने स्वर्ण महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
साँस्कृतिक कार्यक्रम हुने
महोत्सवको अबसरमा विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने मूल आयोजक समितिले जनाएको छ । जिल्लामा रहेका महिला तथा आमा समुह विच रत्यौलि प्रतियोगिता गराइने आयोजकको तर्फबाट प्रचार्य सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको समेत प्रस्तुती गरिने आयोजकले जनाएको छ ।

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव