Skip to main content

भुकम्पले भत्काएपछि संयुक्त कक्षा सञ्चालन

पर्वत, ३० पौष ।
वैशाख १२ र २९ गते आएको महा भुकम्पबाट क्षतीग्रस्त भएका विद्यालयलाई सरकारले अझै पनि व्यवस्थापन गर्न सकेको छैन । जिल्लाको तिलाहार ४ मा रहेको जन प्रकाश प्राविको भुकम्पबाट क्षती ग्रस्त दुई कोठे भवनको सम्बोधन हुन नसकेको हो ।
भुकम्प गएको नौ महीना सम्म पनि विद्यालयलाई कतै बाट सहयोग प्राप्त भएको छैन । विद्यालयका दुई कोठा पठन पाठनका लागि अयोग्य भएपछि कक्षा बाँडेर बढाउनुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार कक्षा दुई र तीन कक्षा लाई एउटै कोठामा राखेर पठन पाठन गराउँदै आइएको छ । कक्षा एक लाई भने अफिसमा राखेर पढाउँदै आएको विद्यालयका प्रअ खेम लामीछानेले बताए ।
वाल कक्षा लाई कक्षा बाहीर नै राखेर कक्षा सञ्चालन गराउनुपर्ने वाध्यता रहेको विद्यालयले बताएको हो । पाँच कक्षा सम्म सञ्चालित विद्यालयलमा चार वटा मात्र कक्षाकोठा हुनुले भवनको अभाव भएको विद्यालयले बताएको हो । संयुक्त रुपमा कक्षा पढाउँदा वालवालिकाहरुको पढाईमा ध्यान केन्द्रित गर्न नसकीएको विद्यालयका शिक्षक किसोर मनस्वीले बताए । वाल कक्षा खुल्ला आकासमा सञ्चालन गराउँदा नियमीत गर्न नसकीएको विद्यालयले बताउँदै आएको छ । विद्यालयमा अहीले ४० जना वालवालिका अध्यायनरत छन ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...