काठमाडौं - त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले उपकुलपतिलाई ज्ञापन पत्र बुझाएका छन् । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा विषयगत पाठ्यभार, वरिष्ठता र आवश्यकतालाई मूल आधार बनाई आंशिक शिक्षकहरुलाई करार नियुक्ति गर्नु पर्ने र हाल सम्म कार्यरत आंशिक शिक्षकहरुको उचित व्यवस्थापन नगर्दा सम्म नयाँ आंशिक शिक्षकहरुको नियुक्ति प्रक्रिया रोक्नुपर्ने माग सहित उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
पुस २५ गते बुटवलमा भएको आंशिक प्राध्यापकहरुको क्षेत्रीय भेलाले तय गरेका आधारमा ज्ञापनपत्र बुझाएको संघर्ष समितिका संयोजक शिवशरण ज्ञवालीले बताए ।
लामो समयदेखि आंशिक शिक्षकहरु कार्यरत रहँदा पनि उचित पारिश्रमिक समेत नदिएपछि आफूहरु संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएको उनले बताए । उनीहरुले न विश्वविद्यालयमा सेवा गरे वापत जीवन निर्वाह गर्न सक्ने गरी मासिक पारिश्रमिक नै प्राप्त गर्न सकेका छन् न उनीहरुको पेशागत सुरक्षा नै भएको छ, ज्ञापनपत्रमा भनिएको छ ।
उल्लेखित मागहरु पूरा नभएमा क्याम्पस प्रमुखको कार्यकक्षमा धर्ना, पेन डाउन सहित अनिश्चिकालीन धर्ना दिने र अन्त्यमा तालाबन्दी गर्ने आफ्ना आन्दोलनका कार्यक्रम पनि उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...