Skip to main content

आर्थिक सङ्कटमा घुम्ती विद्यालयहरु

काठमाडौँ, २४ पुस । चिसोका कारण पोखरामा घुम्ती कक्षा सञ्चालन गरेका उपल्लो मुस्ताङका ६ वटा विद्यालय आर्थिक सङ्कटमा परेका छन् ।
छोण्हुप गाविसमा सञ्चालित ती विद्यालयले पोखराको बाग्लुङ बसपार्क नजिकै भित्री गल्लीमा अवस्थित मुक्तिनाथ समाजघरमा सामूहिक तवरले कक्षा सञ्चालन गरिरहेका छन् । बुद्ध प्रावि, जनप्रभात प्रावि, वीरेन्द्र प्रावि, भृकुटी प्रावि, सरस्वति प्रावि र दिव्यज्ञान प्राविका ३६ जना अध्ययनरत घुम्ती कक्षामा न्यानो कपडा, स्टेसनरी, विद्यालय पोसाक र खाद्यान्न सामग्रीको अभाव भएको हो ।
गरिब र निमुखा सर्वसाधारणका छोराछोरी मात्रै अध्ययन गर्ने घुम्ती कक्षाका लागि गाँस, बास, कपासदेखि शैक्षिक सामग्रीसम्म विद्यालयले व्यवस्थापन गर्नुपरेको बुद्ध प्राविका प्राचार्य जीवननाथ शर्माले जानकारी दिए । “न्यानो कपडा नहुँदा धेरै विद्यार्थी बिरामी परिसके, उनीहरुको उपचार पनि विद्यालयले नै गर्नुपर्छ”, प्राचार्य शर्माले भने, “अभिभावक आवश्यक सामग्री खरिद गर्नसक्ने अवस्थामा हुन्न, गाउँमा जसोतसो उनीहरुले व्यवस्थापन गर्नुहुन्थ्यो तर यहाँ हामीले नै सबै व्यवस्था गर्नुपरेको छ ।”
व्यक्तिगत चन्दा सङ्कलन गरेर ६ वर्षदेखि नियमितरुपमा पोखरामा घुम्ती कक्षा सञ्चालन गर्दै आए पनि यस वर्ष कतैबाट खासै सहयोग प्राप्त नभएको विद्यालयले जनाएका छन् । उपल्लो मुस्ताङमा कात्तिक अन्तिम सातादेखि अत्यधिक चिसो हुने र भारी हिउँ पर्ने भएकाले फागुन महिनासम्म त्यहाँ सञ्चालित सबै विद्यालयले पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गर्छन् । जाडोयाममा पर्याप्त मात्रामा लत्ताकपडा नहुँदा धेरैजसो विद्यार्थी बिरामी पर्न थालेको अभिभावक टासी पासाङ गुरुङले बताए ।
गत मङ्सिर १ गतेदेखि कक्षा सञ्चालन हुँदै आएको विद्यालयमा विद्यार्थीलाई सबै निःशुल्क गरिएको छ । घुम्ती कक्षा सञ्चालनका लागि चालु शैक्षिकसत्रदेखि जिल्ला शिक्षा कार्यालयले रु तीन लाख ५० हजार बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म प्राप्त भएको छैन । जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपाने दोस्रो चौमासिकको फुकुवा आउने वित्तिकै उक्त बजेट विद्यालयलाई उपलब्ध गराइने बताउँछन् ।
रासस

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...