Skip to main content

कक्षा ११ को नतिजा सार्वजनिक, ४९.२० प्रतिशत उत्तीर्ण

भक्तपुर – परीक्षा भएको ६ महिना पछि बल्ल कक्षा ११ को नतिजा बिहीबार सार्वजनिक भएको छ । नतिजा अनुसार कक्षा ११ मा ४९.२० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । नियमिततर्फ कुल २ लाख ४३ लाख ७ सय ३१ जना विद्यार्थी परीक्षामा सामेल भएकामा १ लाख १९ हजार ९ सय १६ विद्यार्थी उतीर्ण भएका छन् ।
यस्तै आंशिकतर्फ ३४.६५ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । कुल १ लाख २६ हजार ९ सय ३० जना विद्यार्थीले परिक्षा दिएकामा ४३ हजार ९ सय ८३ जना उतीर्ण भएका परिक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।
यो गत बर्ष भन्दा २ प्रतिशले बढी हो । गत बर्ष नियमिततर्फ ४७.२६ प्रतिशत विद्यार्थी उर्तीर्ण भएका थिए । यस्तै गत बर्ष आंशिकतर्फ ३३.१५ प्रतिशत विद्यार्थी उर्तीर्ण भएका थिए ।
परीक्षामा नियमित तर्फ ६१ परीक्षार्थीको परिक्षाफल रद्ध गरिएको छ भने ४ जनाको स्थगित गरिएको छ। यस्तै आंशिक तर्फ ३५ जनाको परिक्षाफल रद्ध गरिएको छ भने ५ जनाको स्थगित गरिएको छ।
परीक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्नु पर्ने नियम छ । यस अनुसार गत असोजमै नतिजा सार्वजनिक हुनु पर्ने थियो । तर, परीक्षा भएको ६ महिना सम्म नतिजा सार्वजनिक नहुँदा विद्यार्थी र अभिभावक हैरान भएका थिए ।
परीक्षा फारम खुल्ने दुई दिन अघि सम्म पनि नतिजा सार्वजनिक नहुँदा परिषद्को कार्यसम्पादनमै प्रश्न उब्जिएको थियो । माघ १ गते देखि परीक्षा फारम खोल्ने परिषद्को शैक्षिक क्यालेण्डरमा उल्लेख छ । नतिजा सार्वजनिक गर्नु अघि बुधबार बसेको परीक्षा बोर्डको बैठकले परिषद्को परीक्षा नियन्त्रण कार्यालयले तयार पारेको नतिजालाई सदर गरेको थियो । कक्षा ११ को परीक्षा गत असार १ गते देखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गते देखि भएको थियो । परीक्षामा आंशिक र नियमित गरी ३ लाख ४६ हजार ५ सय ६७ जना विद्यार्थी सहभागि रहेका थिए ।
१ विषयमा अनुतीर्ण भएकाहरुका लागी माघ २९ गते मौका परिक्षा तोकिएको छ।
प्रकाशित मिति २०७२ पुस ३० गते

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...