Skip to main content

जनता शुदर्शन उच्च माध्यमिक विद्यालयको स्वर्ण जयन्ती शुरु

पर्वत, २३ पौष २०७२ ।
जिल्लाको ठुलीपोखरीस्थीत जनताशुदर्शन उच्च माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह बिहिबारबाट शुरु भएको छ । २०२१ सालमा स्थापना भएको विद्यालयको ५० औं वर्ष पार गरेको उपलक्ष्यमा विद्यालयले पाँच दिवसिय बिशेष महोत्सवको आयोजना गरेको हो ।
महोत्सव उद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथि एवम् पशुविकास राज्य मन्त्रि नरदेबी पुनले शैक्षिक क्षेत्रको विकासका लागि स्थानीयहरुको सक्रियता आवश्यक रहेको बताइन् । महिलाहरुको नेतृत्वमा मात्रै मुलुकको हरेक विकास सम्भव भएको भन्दै उनले ठुलीपोखरीमा महिलाहरुले सहकारी सञ्चालन गरेर पशुपालनका क्षेत्रमा योजना बनाएको खण्डमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
जिल्लामै सबैभन्दा धनि विद्यालय भएर पनि पुर्वाधार र शैक्षिक क्षेत्रमा अपेक्षाकृत फड्को मार्न नसकेकोमा उनले चिन्ता व्यक्त गरिन् । कार्यक्रमका अवसरमा बोल्दै विद्यालयका संस्थापक प्रधानाध्यापक पिताम्बर नेपालीले स्थापनाकालदेखि यहाँसम्म ल्याउनका लागि विद्यालयमा धेरै संघर्ष गरेको भन्दै अहिले विद्यालयको सम्पती दोहन नगर्न सबैलाई अनुरोध गरे । पर्वतका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पहिला स्याङ्जा जिल्लामा रहेको ठुलीपोखरीको शैक्षिक इतिहास निकै पुरानो भन्दै समय सुहाउँदो शिक्षा हुनुपर्ने र त्यसका लागि स्थानीय समुदायको सक्रियता आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले आर्थिक र भौतिक हिसावले सम्पन्न भएर पनि विद्यालयले अपेक्षित उपलव्धी हासिल गर्न नसकेको आरोप लगाए । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भक्त कुँवर, सचिव पदमपाणी शर्मा, एमाओबादी सचिव ढाकाराम गौतम, कांग्रेसका गाउँ प्रतिनिधि हेमराज सुबेदी, पुर्व विद्यार्थी मिलन पौडेल, सबिता शर्मा, लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थीहरु गणेश पौडेल र रुद्र केसी र स्वागत पूर्व विद्यार्थी बिष्णु विकले गरेका थिए । कार्यक्रममा बिभिन्न अतिथिहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थियो । स्वर्ण जयन्ती बिशेष समारोह आउँदो २७ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...