Skip to main content

कक्षा ११ पढ्न एसएलसीमा न्यूनतम डी प्लस आवश्यक, विज्ञान पढ्न सी प्लस

भक्तपुर - एसएलसीमा डी प्लस देखि माथिका ग्रेड ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । डी प्लस ग्रेड भन्दा माथिका ग्रेड ल्याउने तथा १ दशमलव ६ ग्रेड प्वाईण्ट एभरेज अर्थात् जीपीए ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने गरी उच्च माध्यामिक शिक्षा परिषद्ले मापदण्ड निर्धारण गरेको हो । डी प्लस भनेको ३० देखि ४० प्रतिशत अंक बराबर हो । यो ग्रेडका विद्यार्थीले शिक्षा, ब्यवस्थापन तथा मानविकी संकायमा भर्ना पाउँछन् ।
विज्ञान विषय पढ्न चाहने विद्यार्थीले भने अंग्रेजी, विज्ञान र गणितमा सी प्लस ल्याउनै पर्ने हुन्छ । उक्त ग्रेड प्रयोगात्मक र सैद्धान्तिक दुवैमा हुन आवश्यक रहेको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए । 'औपचारिक निर्णय त भएको छैन, तर हामी डी प्लस भन्दा माथिको ग्रेड ल्याउने विद्यार्थीलाई मात्रै कक्षा ११ मा पढ्न पाउने ब्यवस्थाको तयारीमा छौं' उनले भने ।
सी प्लस भन्नाले ५० देखि ६० प्रतिशत अंक बराबर हो । जस अनुसार अंगे्रजी गणित र विज्ञान गरी तीन विषयमा सी प्लस ल्याउनै पर्ने हुन्छ । अन्य विषयमा डी प्लस भए पनि हुने छ । प्राविधिक विषय तर्फ भने १० वटै विषयमा सी प्लस ल्याउनुपर्ने छ ।
परिषद्ले उच्च माध्यमिक विद्यालयहरुले विद्यार्थी भर्ना गर्नका लागि आवश्यक आधार पनि निर्धारण गरेको छ । जस अनुसार विद्यार्थीले एसएलसीमा प्राप्त गरेको जीपीएलाई ७० प्रतिशत तथा कलेजहरुले लिने प्रवेश परीक्षालाई ३० प्रतिशत मानेर भर्ना हुने शर्माले बताए ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) ले गत फागुनमै एसएलसीमा सी ग्रेड सम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरिसकेको छ ।
यस बर्षबाट ग्रेडिङबाट एसएलसी नतिजा सार्वजनिक हुने भएपनि नतिजा सार्वजनिक हुने बेला सम्म कस्ता विद्यार्थी पढाउने भन्ने बारेमा निर्णय नगरेको भन्दै परिषद्को आलोचना हुँदै आएको छ । परिषद्ले आफूले कस्ता विद्यार्थी भर्ना लिने भन्ने मापदण्ड तय गर्न दुर्गा अर्यालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
उक्त कार्यदलको सिफारिसलाई परिषद् बैठकले औपचारिकता दिन भने बाँकी छ । परिषद्का अध्यक्ष समेत रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बस्ने बैठकले उक्त मापदण्ड स्विकृत गर्ने सम्भावना रहेको परिषद्का एक कर्मचारीले बताए ।
सीटीइभीटीले अनिवार्य अंग्रेजी, गणित र विज्ञान बिषयमा सी श्रेणी ल्याउनु पर्ने निर्णय गरेको छ ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...